हाम्रो बारेमा

बहुसांस्कृतिक मुलुक अस्ट्रेलियामा अध्ययन ,रोजगार तथा सुन्दर भविष्यको सपना बुनेर आउने नेपालीको संख्या बढ्दो छ।

यहाँ  नेपालीको संख्या बढेसँगै समुदायको सामाजिक गतिविधि पनि स्वतः बढ्छन्। सात समुन्द्र पारि भए पनि आफ्नै कला,संस्कृति र परम्परालाई जीवित राख्ने खालका गतिविधिलाई हरेक समुदायलॆ महत्व दिएका हुन्छन्।

यसै सेरोफेरोमा ब्यवसायिक पत्रकारिताको मूल्य, मान्यता र आदर्शलाई अंगाल्दै अस्ट्रेलियाका नेपाली र अन्य समुदायलाई समाजका हरेक गतिविधि बारे सुसूचित गराउने पवित्र उद्धेश्यका साथ नेपाली र अंग्रेजी भाषामा सिड्नीबाट सन् २०२३ को जुलाईदेखि नेपालन्युज (nepaalnews.com.au)  अनलाईन संस्करण प्रकाशन गरिएको छ।

नेपाल न्युज एजेन्सी प्रा.लि  अन्तर्गत सञ्चालित यस अनलाइन समाचार पोर्टल नेपालन्युज डटकमडटएयुले पत्रकारिताको अन्तराष्ट्रिय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अस्ट्रेलियाको कानुन अनुसार  यहाँका नेपाली समुदाय र अन्य समुदायका गतिविधि पाठकसामू पुर्‍याउने छ।

पत्रकारिता छेत्रमा विशेष दक्खल राख्ने संचारकर्मीद्वारा सञ्चालनमा ल्याइएको यो न्युजपोर्टटल एक्युरेसी ,ब्यालेन्स र क्रेडिबिलिटिलाई मूल मन्त्र मानेर समाचार सम्प्रेषणको कार्यलाई  लेखन, श्रब्यदृश्य‍मार्फत प्रभावकारी ढंगले अगाडि बढाउने विश्वास पाठकसामू गर्न चाहन्छ।‍

अस्ट्रेलियामा हुने हरेक नेपाली गतिविधि तथा जन्मभूमि नेपालको आर्थिक ,सामाजिक, राजनीतिक, विकास निर्माणलगायतका गतिविधिलाई समाचार र  विचारका रूपमा यस न्युजपोर्टलमार्फत यहाँहरूसमक्ष पस्कनेछौ।

सत्य,तथ्य र सन्तुलित ढंगले समाचार पस्कने हाम्रो संकल्प पूरा गर्न यहाँहरूको सहयोग ,सद्भाव ,र अमूल्य सुझाव सदैव रहने विश्वास हामीले लिएका छौं।  

राष्ट्र र समुदायको हितका लागि लागि जनसहयोग र जनमत निर्माण गर्न सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्छ भन्ने मान्यतालाई हामीले कहिल्यै बिर्सने छैनौं।

स्वतन्त्रतता सँग स्वयं अनुशासन जोडिएर आउने यो व्यवसायलाई समाजप्रति अझ उत्तरदायी बनाउँदै पाठकको रूचि र माग अनुसारका विषयवस्तु र सामग्रीलाई उच्च  प्राथमिकता दिदै नेपालन्यूजलाई  हाम्रो समाजको अभिन्न अंगको रुपमा स्थापित गराउने अभियानमा हाम्रो इमान्दार प्रयास रहने बाचा गर्न चाहन्छौं।

माधव गैरे
प्रधान सम्पादक