SSI SSI
SSI SSI

बा आमाको एकदिने धार्मिक यात्रा सम्पन्न 



डब्बो ।  डब्बो नेपाली समाज अष्ट्रेलियाले डब्बो क्षेत्रमा रहनुभएका नेपाली अभिभावकहरु लाई  ल्याण्डहर्स्टमा रहेको "पशुपतिनाथ ,बुद्धधाम तथा बिश्व शान्ति आश्रम "को धार्मिक भ्रमण गरायो । नोभेम्बर ५ तारिख आइतबारका दिन सम्पन्न सो एक दिने धार्मिक यात्रामा नेपालबाट आफ्ना सन्तान र आफन्तजनलाई भेट्न आएका अभिभावक हरुको सहभागिता रहेको थियो । डब्बोबाट करिब २ सय किलो मिटर दुरीमा अवस्थित उक्त "पशुपतिनाथ ,बुद्धधाम तथा बिश्व शान्ति आश्रम " मा आचार्य राजन शर्माले स्वागत गर्दै धार्मिक प्रबचनका साथसाथै  योग बिधिका बारेमा समेत जानकारी गराएका थिए । 


सो अवसरमा आचार्य राजन शर्माले आफ्ना बा आमालाई पबित्र मनका साथ धार्मिक यात्रा गराएर  डब्बो नेपाली समाजले श्रबण कुमारको जस्तै भूमिका खेलेकोमा खुशी ब्यक्त गर्दै प्रवासमा पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सस्थालाई आग्रह गरे । 
 धार्मिक यात्रा लागी चाजो पाजो गरेकोमा सहभागी अभिभावकहरुले आयोजक सस्थालाई धन्यबाद दिए । उनीहरुले हामि जहाँ जसरी  बसेपनि आफ्नो धर्म ,सस्कार र चाड पर्व अनि रितिरिवाजलाई भुल्न नहुनेमा जोड दिए । सस्थाका अध्यक्ष सुनिल भण्डारीले डब्बो क्षेत्रमा बसोबास गर्ने नेपाली हरुको दुख सुखको साथी बनेर सस्था अगाडि बढ्दै गरेको बताउदै यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गरे । 

सो धार्मिक यात्रामा सहभागीहरुले भजन कृतन र नाचगान गर्दै भरपुर मनोरंजन लिएका थिए । यात्राका लागी एभरेस्ट ट्राभल्स एण्ड टुर्स ,किनमेल हाउस ,बुद्ध ट्राभल्स एण्ड टुर्स र स्टुडियो एनले सहयोग गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्