SSI SSI
SSI SSI

रमण रेग्मीको "घर त लगनखेल" को रिमेक भर्सन सार्वजनिक

सिड्नी ।   अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका गायक रमण रेग्मीको घर त लगनखेलको रिमेक भर्सन हिजो नोभेम्बर ३ तारिख शुक्रबार सार्वजनिक भएको छ । गायक रमनको स्वरमा सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।  

शान्तभगत राउतका शब्द रहेको यो गीतको  मिक्सिगं तथा मास्टरिगं कुमार केसीले गरेका छन् ।  गीत सार्बजनिक पछि नेपाल न्यूजसंग कुरागर्दै गायक रेग्मीले गीतको मर्मलाई  जिवन्त राख्दै  नयाँ पुस्तालाई  लक्षित गरेर  गीतको रिमेक गरिएको प्रस्ट्याए ।

सुब्रतराज आचार्यद्वारा निर्देशित यो म्युजिक भिडियोमा  कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य अभिनय रहेको छ ।  लोक शैलीमा आधारित छमछम नचाउने खालको गीतमा  प्रेमी प्रेमीकाबिचको रोमान्टिक दृश्यहरुलाई निर्देशक आचार्यले कलात्मक शैलीमा भिडियोमा उतारेका  छन् । भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विजेश पौडेलले गरेका हुन् ।

सबिना कुँवर रेग्मीको निर्माणमा बनेको यो  डियोको  कोरियोग्राफी सन्तोष राजवाहकले  गरेका हुन् । भिडियो गायक रेग्मीको अफिसियल च्यानल रमन रेग्मी अफिसियल युट्युब च्यानबाट रिलिज गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्