SSI SSI
SSI SSI

नेपाल टी-२० विश्वकप २०२४ का लागि छनौट  


काठमाण्डौ ।  यही नोभेम्बर ३ तारिख शुक्रबार मुलपानी मैदानमा सम्पन्न सेमिफाइनल खेलमा   युएईमाथि ८ विकेटले जितेको नेपाल  आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनौट  भएको छ । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जिती सँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा   छनौट भएको हो । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा  छनौट भएको हो ।

यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले  ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकको सहयोगमा ३५ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । युएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । युएईका लागि विकेटकिपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे भने  कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए । 
नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एकरएक विकेट लिए ।

नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।

भोली  आइतबार नेपाल र ओमानबिच  फाइनल खेल हुने छ । नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो। जससँगै बंगलादेशमा भएको टी-२० विश्वकप २०१४ खेलेर नेपालले इतिहास रचेको  थियो । विश्वकप खेलेपछि नेपाली क्रिकेटको उचाइ बढ्दै गइरहेको छ ।  नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्‍यो। घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भयो। यससँगै नेपालले १० वर्षमा दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।

पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन् ।  टी-२० विश्वकपको शीर्ष ८ टिम २०२४ को विश्वकपका लागि अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्। 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०५:२९
प्रतिक्रिया दिनुहोस्