SSI SSI
SSI SSI

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार ६.४ रेक्टरको भुकम्प ठुलो जनधनको क्षति


 काठमाण्डौ ।  कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर कार्तिक १७ गते राति  ११:४६ तिर शुक्रबार ६.४ म्याग्ननिच्युडको भुकम्पबाट रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु भएको छ ।  रातिको समयमा भुकम्प आएको कारणले उद्दारका कार्य गर्न अफ्ट्यारो परेको बताइएको छ । भूकम्पबाट भएको मानबिय तथा भौतिक क्षतिको विवरण आउने क्रम जारी छ । सानीभेरी २ का  वडाअध्यक्ष मनोज बीसीका अनुसार भुकम्पबाट  वडा नं २ को पाखापानीमा २ जनाको मृत्यु भएको ।

यो समाचार लेख्दासम्म जाजरकोट सदरमुकामका  कम्तीमा १५ देखि २० घरमा क्षति भएको बताईएको छ । त्यसैगरी चौरजहारी नगरपालिका-७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।
भुकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको छ । त्यहाँ  कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने अनुमान गरिएको छ । तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन । 
भुकम्पबाट गाइते भएकाहरुलाई स्थानिय जाजरकोट जिल्ला अस्पतालमा  उपचार गरिएको छ । 
कर्णाली प्रदेश प्रहरी कार्यालयले   जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको र  अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको जानाकारी दिएको छ । 

भुकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको,त्रिवेणी गाउँपालिकाको मुरुडाँडामा सातवटा घरमा पूर्ण क्षती भएको छ त्यसैगरी कालिकोट  ,रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडीबजार, त्रिवेणी गाउँपालिकाको मुरुडाडामा ,नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको छ । 
स्थानिय प्रसासनका अनुसार ‘नचर्किएका घर नै छैनन् । करिब ४० प्रतिशत घरहरु कुनै न कुनै प्रकारको क्षति भएको हुनसक्छ ।’ जिल्ला अस्पतालमा सय भन्दा धेरै घाइतेहरु पुगिसकेको र  घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भईरहेको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०३:३१
प्रतिक्रिया दिनुहोस्