SSI SSI
SSI SSI

अन्तर्राष्ट्रिय झापाली समाजको  चौँथो महाधिवेशन झापाको विर्तामोडमा सम्पन्न 


काठमाण्डौ ।  झापा जिल्ला घर भई विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका झापालीहरुको साझा सस्था अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अधिबेशन यहि अक्टोबर २९ तारिख आइतबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । अधिबेशनले २०२३-२०२५ कार्यकालका लागि अमेरिका निवासी  मुकुन्द ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको  वरिष्ठ उपाध्यक्ष महेन्द्र चम्लागाईँ (कतार), उपाध्यक्षद्वयमा  भुपाल सिटौला  (अष्ट्रेलिया) र चुडामणि कार्की(कतार) रहेका छन् भने महिला उपाध्यक्षमा  शर्मिला बस्नेत(माल्टा) लाई चयन गरिएको छ । त्यसैगरी सस्थाको महासचिवमा नगेन्द्र प्रसाद पोखरेल नवीन(कतार), सचिव  रवीन गिरी (साउदी अरेबिया) रहेका छन् ।


 अधिबेशनले ओसियाना क्षेत्रिय  संयोजक र उपसंयोजकमा  अष्ट्रेलियाबाटै क्रमस उमेश पोखरेल र  निरञ्जन प्रसाईँ लाई चयन गरेको सो सस्थाले जनाएको छ । त्यसैगरी मध्यपूर्व  क्षेत्रिय संयोजकमा  राजेन्द्र थापा (साउदी अरब) र उपसंयोजकमा  भवानी कोइराला (कतार), एसिया प्रशान्त  क्षेत्रिय संयोजकमा  मेघराज नेपाल (जापान), अमेरिका  क्षेत्रिय संयोजकमा  प्रसन्न संग्रौलालाई चयन गरेको छ भने सदस्यहरुमा  देवीबहादुर कार्की (साउदी अरब) र उत्तम गुरुङ (कतार) रहेका छन्  ।  

नेपाल न्यूजसंग कुरागर्दै नवनिर्वाचित उपाध्यक्ष भुपाल सिटौलाले समाजले झापा जिल्लाको शिक्षा ,स्वास्थ्य र खेलकुद लगायतका सामाजिक एबम कल्याणकारी कार्य गर्दै आएको बताए । उनले भने - हामीले अहिले सम्म जिल्लामा ५ ओटा एम्बुलेन्स खरिद गरि जिल्लाको पिछडिएको गाउपालिका एबम रोटरी जस्ता सस्थाले ब्यबस्थापनको जिम्मा लिने गरि प्रदान गरिसकेका छौ ।  उनका अनुसार हालसम्म अन्तर्राष्ट्रिय झापाली समाज विश्वका करिव चालिस वटा देशमा बिस्तार भैसकेको र अरु देशमा पनि बिस्तार हुने क्रममा छ । 


समाजले हरेक बर्ष प्लस टुमा सबैभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रालाई  जनही एक एक लाख रुपैया पुरस्कार स्वरूप प्रदान गर्दै आएको छ । सरकारी स्कुलमा जहाँ जरुरत छ त्यहाँका स्कुललाई समाजले  सहयोग पुर्याउदै आएको छ ।  स्कुलमा खानेपानी, लाइब्रेरी सेट अप ,र सौचालयको निर्माणका कार्य गरेको उनि बताउछन् । कोभिड महामारीको बखत साहारा ग्रुप संगको सहकार्यमा समाजले जिल्लाको विभिन्न दुर्गम स्थानका स्वास्थ्य केन्द्रहरुमा भेन्टिलेटर राख्ने तथा अक्सिजन सिलिण्डर वितरण गर्ने काम गरेको थियो । 


कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बक्ताहरुले समृद्ध झापा निर्माण गर्न आफुहरुले स्थानिय सरकारसंग साझेदारी गर्न चाहेको बताउदै लगानीको सुरक्षित बातावरण हुनु पर्ने खाचो औल्याए । कार्यक्रममा मुख्य मन्त्री केदार कार्की, समाजका संरक्षक  एबं एनआरएनए ओसिनियाका संयोजक दिनेश पोखरेल  सस्थाका अध्यक्ष दिपकप्रसाद ओली , दिपक चुडालले लगायतका बक्ताहरुले आ- आफ्नो मन्तब्य राखेका थिए।  सो अवसरमा सस्थालाई सहयोग गर्ने विभिन्न सामाजिक सस्था र सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकी लाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । यसअघि यो समाजले जिल्लामा तिन वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्