SSI SSI
SSI SSI

लक्ष्मी जयन्तीको अवसरमा रचना वाचन कार्यक्रम गरिने 


सिड्नी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर, अष्ट्रेलियाले "विशेष  रचना वाचन "को कार्यक्रम गर्ने भएको छ । Mitchelton Library, 37 Heliopolis Parade, Mitchelton, QLD 4053 मा आगामी नोभेम्बर ११ तारिख शनिबारका दिन अपरान्ह ४:०० बजे देखि सुरु हुने सो साहित्यिक कार्यक्रममा सहभागी हुन आयोजक सस्थाले सबैसंग अनुरोध समेत गरेको छ ।

 कार्यक्रममा रचना वाचन गर्न चाहने स्रस्टाहरुले अनेसास  क्विन्सल्याण्ड च्याप्टरका कुनै पनि पदाधिकारीलाई जानकारी गराउन सक्नेछन् ।  प्रवासमा नेपाली भाषा र साहित्य प्रति हाम्रो सम्मान प्रकट गर्ने उपयुक्त यो मंचलाई सबै साहित्यानुरागीले भरपुर सदुपयोग गरौ ।   
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्