SSI SSI
SSI SSI

एनआरएनएको महाधिबेशन : जे देखे त्यहि लेखे

जस्ताको तस्तैः

एनआरएनमा प्रतिनिधि चयनमा गरीने जालसाँझि , बिधानमै व्यवस्था गरेर पुर्बाग्रही रुपमा आर्काको अपमान आफ्नो सम्मान ठान्ने प्रव्रिति, करपोरेट ईन्ट्रेष्ट, अहंकारको लँडाई, खादामाला कुर्चि अनि त्यस्तै मन्चमा हुने मठाधीश मन्चन र माँका फुंईका कारण (शव्द चयनका लागि सरी)यसको अस्तित्व धरापमा थियो ।त्यसैले यसलाई जोगाऊन पर्छ भन्ने सुनियतले गएको पटक अलिकति अशोभनिय संझौतामा पुगेर कुरो टुंगायाईएको थियो।। डेढ बर्ष यो संस्थाका कति अध्यक्ष भए भन्ने कुरा भन्दा काम के गरे भन्ने कुरोमा बढिको ध्यान गएको थियो नकारात्मक मानिसहरु बाहेकले नागरिकता लगाएतका बिबिध काम र कार्यक्रम हरुको प्रशंसा नै गरेका थिए।

यध्यपि अहिलेको प्रतिनिधि चयनको प्रकिया यतिसम्म गलत थियो कि अधिकांश प्रतिनिधि हरु एनआरएनए संग असंबद्ध भएको बर्षौं भै सकेको थियो। एनआरएनएका कार्यक्रमहरुमा १७/१८ वर्षसम्म एक पटक पनि सहभागि नवनेका तर कुनै अमुक बिचारसंग नजिक भएका कारण थुप्रै प्रतिनिधिहरु भोट हाल्न फारम भराएर ईलिजिवल वनाईएको थियो ।

ति मध्य कतिपयले पढाईएका कारण एक जना केन्द्रीय अध्यक्ष बाहेक अरुको नाम पनि सुनेथे भन्न सक्ने अवस्था थिएन ।

गत डेढ बर्षको ब्रेकपछि म पनि अन्तिम समयमा साथिहरु संगको भेटघाटको मोह र यो संस्थालाई केहि टेवा दिन सकिए सकियो नसकिए पनि केहि कुरो सिक्न सकिन्छ की भन्ने लागेर लाष्ट मिनेटमा महंगो प्लेन टिकट किनेर काठमान्डौ पुगेको थिऍ । चुनावको दिनसम्म नागरीकताको हट डिवेट लगाएत सवै कुरामा राम्रै भई रहेको थियो ।

तर मतदानका दिन भने रातिको बार्ह बजे देखिनै केहि मत पत्र हरु नपुग्नु केहि मतपत्रहरु दोहरिएर गएको कुनै मत पत्र अध्यक्षलाई मतदान गरेपछि सबमिट गर भन्ने गरेको कम्प्लेन रातभरी नै आई रहेको थियो तर पत्याऊन भने मलाई गार्हो भै रहेको थियो ।

खै त्यस्तो हुन सक्छ सक्दैन आँफैले मत नहालेसम्म बिश्वास गरी हाल्ने कुरो पनि भएन तर जव म पहिलो प्रहरमै मत खसाल्न गएँ मैल मत खसाल्दै गर्दा एक मिनेटमा फिनिस एन्ड सवमिट भनेको भनेई गरेकोले प्राबिधिकलाई वोलाऍ प्राविधिकले रिफ्रेस गरीवरी मलाई उपाध्यक्षको सेक्सनमा पुर्याए दिमागमा अनेक कुरा खेल्दै गर्दा अघि अध्यक्षलाई दिएको मत के भयो होला भन्ने हेर्न मन त थियो तर मिल्थेन भनिएको थियो पहिल्यै केहि केहि उपाध्यक्षको बक्समा टिक लगाईसकेको कारण पुन त्यहि पेजमा फर्कंदा अघि टिक लाका उपाध्यक्ष हरुको बक्सको टिक के भा होला भन्ने लागेर चेक गर्न ब्राऊजर माथि लांदा ब्राऊजर अध्यक्षको सेक्सनमा पो पुग्यो (?)म ट्वाँ परें र तिन छक भएँ अघि अध्यक्षमा लगाई सकेको टिक त अहिले थिएन (?)सवै सेक्सन खालि म त अध्यक्षकोमा टिक गरेर आर्को सेक्सनमा छिरि सकेको मतपत्र पुन कसरी व्राऊज गर्न मिल्यो (?)मेरो दिमागले काम गरेन तिन छक परें। यस्तो लाग्थ्यो भोटिङ् डिभाईसमा अरु कसैले एक्सेस गरेर भोट माथि नियन्त्रण हर्न खोजि रहेको त छैन? (?)कुनै अमुक अध्यक्षका ऊम्मेदवार लाई भोट हाले नहालेको आधारमा भोट माथि नियन्त्रण त गरीएको थिएन भन्ने आशंका जाग्यो। भो यस्तो नसोचौं ठानें पछि भोट सवमिट गरेकोमा धन्यबाद भन्ने मेरो ईनवक्समा दुई पटक सम्म प्राप्त भएको ईमेलले के कुराको संकेत गर्न खोजेको हो? किन दुईपटक भोट हालेकोमा धन्यबाद भनियो के मेरो नाममा दुईपटक भोट भयो या सिष्टममा नै ईरर थियो जसको ऊत्तर भेरोले पनि दिएको पाईएन ।

मतदान अझै सकेको थिईन म मत दिंदैं थियँ फेरी अन्तिममा १३ जानालाई हालेपछि फिनिस एन्ड सवमिट भन्यो (?)धेरै नै मत हालि सकिय छ ठानें र भयो होला भन्ने ठानेर मत सवमिट गरें सवमिट गर्नु अगाडि रियलाईज गर्न सकिन र सवमिट गरेर के ऊठेको मात्र थियँ युरोपमा मतदान पर्ने मान्छेहरु चिन्तामणि, महेश अधिकारी र शशांक शर्मा लगाएतको त नामै आएन हगि भनेर झल्याँस्स व्युझें । युरोपको मतपत्र त आऊ्दै आएननि भन्ने सम्झेँ र तुरुन्त यो कुरा मैले आईटीका भाईहरु लाई भनें । उनिहरु ऊदाशिन देखें । पछि निर्बाचन अधिक्रित चिरन्जिवि ढकाल जि लाई बोलाएर खवर गरें । दाई छोड्नोस् धेरैको यस्तो भै राछ अव केहि गर्न मिल्दैन भन्नु भो म मतदान प्रक्रिया प्रति निर्वाचन अधिक्रितले देखाएको असंबेदनशिलताले त्रस्त बनें। यस्तो पनि हुन्छ र एक मत नै भएपनि गडबड भएपछि त मतदान स्थगित गरेर समस्या सल्टाएर मात्र पुन मतदान सुचारु गर्न पर्ने हैन र लाग्यो । साथमा मत दिन गएका केशव भन्डारीलाई पनि त्यहि समस्या परेको थाहा भयो । त्यसपछि अनुगमन समितिका संयोजक मेरा मित्र दुर्गा आचार्यलाई खवर गरेको थिऍ  ऊहाले साईलेन्ट्लि सुन्नु भो तर केहि प्रतिक्रिया दिनु भएन । त्यसको लगत्तै बद्रिजिका आर्का सक्रिय क्याम्पेनर एनआरएनए युकेका उपबिजेता तथा ओएनएफ युकेका पुर्व अध्यक्ष भाई दिनेश घिमिरे भेट हुनु भो ऊहांलाई लाई कानमा हामिहरु जिम्मेवार मान्छे यतिको बिचमा यति भने है भनेर सुटुक्क भने जस्तो गरी यस्तो भा छ भनेँ तर ऊहांले त्यसवारे पहिले नै आंफुलाई थाहा भो जस्तो गरेर हेरत प्रोपोगान्डा गर्न खोजेको भनेझैं गर्नु भो । हरेक लोकतांत्रिक निर्वाचनमा हरेक एक मतको कति महत्व हुन्छ भन्ने कुरा सवैले बिर्सेको देख्दा म तिन छक परेको थिऍ । बास्तवमा निर्वाचन केहि समयलाई स्थगित गरी भेरोसंग वसेर छलफल गर्न पर्ने थिएन (?)र भन्ने लागेकोले सवैसंग कुरा ऊठाएको थिऍ  तर पनि आंफुले मात्र चिन्ता गरेर के गर्नु चुनावको माहोल बिग्रन्छ कि लाग्दै लाग्दै पनि धेरै कुरालाई ऊछालिन तर पनि भेरोलाई भने सम्पर्क गर्नु भनिएको ईमेलमा ईमेल लेखें तर जवाफ पाईन ।

यता आर्कोतिर आँफुले समर्थन गर्न पर्ने टीमको क्यम्पेन साईडका केहि नैतिक कमजोरी प्रष्ट झल्कन्थ्यो त्यसैले टिम वनाऊंदा सल्लाहा दिए वमोजिमको संग वार्ता गर्ने कसलाई छोड्दिने कोसंग कस्तो सहमति र सहकार्य गर्ने भन्ने सल्लाह पनि सुन्न अनाकानि गरेको र त्यसैगरी केहि सिनियर कर्मठ डिजर्भिंग मान्छेहरुलाई ऊम्मेदवार वनाऊन नमानेर कुन्नि कोको र केकेको आडमा हो तीनवटै क्याम्पमा बसेको ऊम्मेदवार लाई ऊठाईएकोबाट () टिमको जग हल्लने त हैन भन्ने डर मलाई भै नै सकेको थियो नभन्दै अहिले को कता ऊभिय सम्वन्धित टिमलाई छर्लंग भयो होला नै त्यसैले मनमा दिक्दार थियो ममा फ्रस्टेसन र डिसएपोईन्टमेन्ट थियो त्यसैले मेरो आशक्ति मोह र आकर्षण भंग भएको अवस्था पनि थियो त्यसैले म यस्ता बिबादस्पद कुरा हरुलाई ईस्यु नवनाई यो संबेदनशिल बिषयको ऊठान जोडबलले गर्न पर्ने र चुनाव केहि समय स्थगित गर्न पर्ने ठाऊंमा थोरै चुप बसेकै हो तर मेरो मन र मष्तिष्कले यसलाई हल्का फुल्का रुपमा लिन मानिरहेकै थिएन किनकि जति मान्छे भित्र गए बाहिर आऊँदा केहि न केहि समस्या भएको रिपोर्ट गरी रहेका थिय।राति चुनाव सम्पन्न भएपछि जिम्मेवार मानिसहरु भित्र चाहिन सक्छ भन्ने हेतुले आयोजक समितिको केन्द्रिय सल्लाहाकारको हैसियतले ऊम्मेदवारहरु संगै म पनि भित्र जान कोशिस गरें । गेटबाट छिर्न छिराऊन बसेका टिवि कार्कि र रोशन थापा हरुले सम्मानित दाई सिनियर दाई जान त पर्नि हो भनि भनि मलाई भित्र लान देखाएको हिचकिचाहट र ऊदासिनतले बिना कुनै प्रयास बिहानै सवेरैको रिटर्न फ़्लाइट भएकोले खुरुक्क कोठामा गएर सुतें ऊठ्दा सोल्टि होटेल सुनसान थियो एअरपोर्ट पुगेर कुलजिलाई फोन गरेर सोधें के भको हो ?कुलजि ले दाई म बाहिर छु पछि फोन गर्छु भन्नु भो । एअरपोर्टमा भाई हेमन्तसंग भेट भो ऊहांबाट आलि ब्रिस्तित जानकारी पाएँ । पछि दोहाको ड्युटि फ्रि एरियामा आएपछि एक दुई भिडियो हेरें र थाहा पाए परीस्थिति धेरै बाहिर गै सकेको रहेछ । यस्तो लाथ्यो यदि बसेको भए वा भित्र छिरेको भए पनि फुट वाट बचाऊन सकिन्थ्यो कि?

एनआरएनए भित्र ऊग्रबाद हावि भयो । आर्काको मान मर्दन कसरी गर्ने र आँफु ठुलो ठालु कसरी हुने सोच मात्रै हाबि छ। डेढ बर्ष सम्म मिलाऊने र मिल्ने हरुले अपमानको बिष मात्र सेवन गर्न पर्यो त्यसैको परीणाम स्वरुप तिनै मध्यका केहि फुटकर दलाल हरु जो सदस्यसम्म वन्न लाएक छैनन् केन्द्रको नेत्रित्वमा निर्वाचित भएँ भन्दै शिर ठाडो पार्न खोजेपनि तिनको कालो मन कति निहुरि परेको छ तिनलाई जान्ने वुझ्नेलाई थाहा नै छ ।

यदि गलत भएको थियो भने गलत कुराहरु तिनै जाना अध्यक्षका ऊम्मेदवारको जानकारी बिना पनि भएको हुनसक्ने कुरा तिनै अध्यक्षले छानविनका लागि गरेको भद्र सहमतिले पनि संकेत गर्दछ। अहिले हेर्दा मर्दाको भोलि पल्ट दुईदिन भन्ने जस्तै बिस्तारै यि सव कुरालाई मान्छेले विर्सन्छन् र पिठो बेच्न सकिन्छ भन्ने बिश्वासले जित्दै गएको पाईन्छ । पुन न्यायिक छानविनको माग गर्ने बद्री केसि ,आरके शर्मा, महेश श्रेष्ठहरुको मनको आवाजलाई पित पत्रकारिता र अराजक सोसल मिडियाका आडमा दवाऊन सकिन्छ भन्ने कुरो हिंजोबाट भाईरल वनाऊने प्रयास भएको एऊटा लेखले महेशलाई र केशवको हासियत देखाई दिन पर्छ भन्नेहरुले शुरु गरेको मेन्डासिटि क्यम्पेन हो भन्ने देखिन्छ । त्यसैले अव एनआरएनएको एकताको कुरागर्नु कतै एऊटा सुनौलो सपना मात्र सावित हुने त हैन ?

अन्तमा म एनआरएनए एक सिंगो र बलियो संस्थाको रुपमा नेपाल र नेपालिको लागि धेरै काम गर्न सक्ने संस्था हो भन्ने मा पुर्ण रुपमा कन्भिन्स छु त्यसैले कुनै पनि किसिमको फुटको पक्षमा म छैन त्यसैले सवैमा बिनम्र अनुरोध छ पद, पैसा, पातकिपन, पापिमन र पार्टि भन्दा माथि ऊठेर सोचौं ।

(विश्वआदर्श पण्डितको फेस बुकबाट साभार )

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्