SSI SSI
SSI SSI

अष्ट्रेलियामा दशैँ मनाईयो  ( फोटो फिचर )


 सिड्नी । नेपाली राष्ट्रिय पर्व वडा दशैंलाई अष्ट्रेलियाका नेपालीहरुले बढो उल्लासमय रुपमा मनाए ।  आफन्तजन ,परिवारजन र मान्यजनको हातबाट टिका जमरा लगाएर आशिर्बाद र शुभकामना आदानप्रदान गरे ।

अष्ट्रेलियामा नेपालीहरुको संख्या उल्लेख्यरुपमा बढेसंगै नेपाली नेपाली पर्व र परम्परालाई जोगाउने गतिबिधिहरु पनि बढ्दै गएका छन् । दशैं ,तिहार जस्ता ठुला पर्वहरु आफ्नै परिवार सँग मनाउन आफ्ना बा ,आमा ,दाजुभाई  तथा दिदिबहिनीलाई नेपालदेखी बोलाएर पर्वमा नेपालको न्यास्रो मेट्ने गरेका छन् ।

नेपालीहरुको बाक्लो बसोबास रहेका अष्ट्रेलियाका विभिन्न राज्य र तिनका सबर्बहरुमा नेप्लिज हिन्दु सोसाईटी र विभिन्न सामाजिक सस्थाहरुको अगुवाईमा घटस्थापनाको दिन सामुहिक रुपमा जमरा राख्ने र बडा दशैंको दिन टिका जमरा बितरण गर्ने कार्य बिगत केहि वर्षदेखि हुदै आएको छ ।

बडा दशैको उपलक्ष्यमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले समेत  शुभकामना ब्यक्त गरेका छन् ।  

( फोटो साभार -सामाजिक सञ्जाल )

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्