SSI SSI
SSI SSI

पर्व विशेष श्रृंखला - आज आश्विन शुक्ल एकादशी तिथी, दुर्गापक्ष !

 

आजको एकादशी पर्वका बारेमा संक्षेपमा उल्लेख गरौं है !

आजको एकादशीको नाम पापांकुशा हो । आजको एकादशीको विधिपूर्वक व्रत वसेर पद्मनाभ नामका विष्णु भगवानको पूजा गरेमा यस पूर्वका सबै पापहरू भगवानले अंकुश लगाएर नास गरिदिनु हुने भएकोले नै यसको नाम पापांकुशा एकादशी रहनगएको हो । यस एकादशीको व्रत गर्नाले वाजपेयी यज्ञ र अश्वमेघ यज्ञ भन्दा १६ गुणा बढी फल पाईने कुरा एकादशी माहात्म्यमा उल्लेख छ व्रतकथा:

ब्रम्हवैवर्तपुराणको एकादशी महात्म्यका अनुसार द्वापरको अन्त्यतिर १२ बर्षे बनबासका बेला आफूहरूलाई भेट्न आएका श्रीकृष्णसंग युधिष्ठिरले यस आश्वीन शुक्ल एकादशीको नाम र महिमाका बारेमा जीज्ञाशा राख्दा श्रीकृष्णले यस एकादशीको ब्रत र यसको महत्व बारे यस प्रकार बताउनु भएको थियो -

शुक्लपक्षे चाश्वयुजि भवेदेकादशी तु या ॥

पापांकुशेति विख्याता सर्व पापहरा परा ।

पद्मनाभाभिधानं तु पूजयेत्तत्र मानव: ॥

अर्थात्- आश्विन शुक्लपक्षकी पापांकुशा नामकी एकादशीको व्रत बस्नाले सबै प्रकारका पापहरू नश्ट हुन्छन् । विधिपूर्वक श्रद्धाले पद्मनाभ भगवानको पूजा गर्नेले मनले चिताएको फल पाउंछ ।

यस प्रकार सम्पूर्ण पापहरुलाई अंकुश लगाएर नास गरी पुण्य प्रदान गर्ने भएकोले यस एकादशीलाई पापांकुशा (पाप + अंकुशा) भनिएको हो । यस एकादशीको ब्रत बस्नाले मानिसलाई स्वर्ग, मोक्ष, आरोग्य, सुन्दर स्त्री / पुरूष एवं अन्न र सम्पत्ति प्राप्त हुन्छ । गंगा ,गया, काशी, कुरुक्षेत्र, पुष्कर आदि तीर्थ भन्दा पनि पुण्य दायक छ । विष्णुपद प्राप्त गर्न चाहने मानिसले यस एकादशीको व्रत बसेर जागरण गरे पुग्नेछ । यस व्रतका प्रभावले पितृपक्ष, मातृपक्ष, स्त्रीपक्ष र मित्रपक्षका १० / १० पुस्ताको उद्धार भई ती सबै दिब्यदेह धारण गरी पिताम्वर वस्त्र पहिरी चतुर्भूज रूपले हातमा माला लिएर गरूडमा चढी बैकुण्ठ जान पाउंछन् भनिन्छ । यस एकादशीमा व्रत बसेर सुन, तिल, भूमी, गाई, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले यमराजकहां जानु पर्दैन । शिवभक्तले बिष्णुको र बिष्णुभक्तले शिवको अनादर गर्दछ भने त्यो अवश्य नरक जान्छ । त्यसैले शिव र विष्णुको भेद नगरी समान तवरले आदरसाथ दुबैको व्रत, पूजा र ध्यान गर्नु पर्दछ ।

अघि बिन्ध्य पर्वतमा महाक्रुर नामको एउटा मानिस बस्तथ्यो । उसको जीवन खराव काम गरेरै बित्दथ्यो । जव उसको मर्ने बेला भयो उसलाई यमदूतले पूर्व सूचना दिए । ऊ डराएर अंगिरा ऋषिकहां गएर यमराजकहां जानु नपर्ने उपायभए बताएर मेरो कल्याण गर्नुहोस् भनी विन्ति गर्यो । ऋषि अंगिराले उसलाई नजिकै आएको आश्वीन शुक्लपक्षको पापांकुशा एकादशीको ब्रत गर यमराजको दरवारमा जानु पर्दैन भनेर त्यसको ब्रतबिधि समेत बताई दिए । उसले पापांकुशा एकादशीको बिधिपूर्वक ब्रत बस्यो । यसो गर्नाले उसका सबै पापहरु नास भई स्वर्ग जान पायो । यहां सबै कुरा लेख्न सकिंदो रहेनछ । त्यसैले यो र वर्षभरीका यस्ता चाडपर्वहरूको वारेमा जान्नकालागी यो पुस्तक पढौं र यसलाई शेर गरेर सबैलाई जानकारी गराऔं !

May be an image of temple and text

( गोबिन्दचन्द्र सुबेदीको फेसबुक वालबाट साभार )
 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्