SSI SSI
SSI SSI

एनआरएनको अध्यक्षमा पराजितहरुको छुट्टै कार्यसमिति


 काठमाडौं  । गैरआवासीय नेपाली संघ एनआरएनएको अर्को पक्षले छुट्टै कार्य समिति गठन गरेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी उम्मेदवार राजेन्द्रकुमार शर्माको नेतृत्वमा  नयाँ कार्यसमिति घोषणा गरेको हो ।  काठमाडौंमा सम्पन्न महाधिवेशनका क्रममा निर्वाचन समितिले अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरेपछि विवाद चुलिएको थियो । विवाद बढेपछि असन्तुष्ट पक्षले छानवीनको माग गर्दै नेपाल प्रहरीको साईवर सेलमा उजुरी समेत  दिएको थियो । 
सम्मेलनको औपचारिक समापन समारोह नै नगरी नयाँ कार्यसमितिले सपथ ग्रहण गरेर  पद बहाली गरेको आरोप लगाएको शर्माको टिमले भेरो भोटिङ्ग सिस्टम लाई कब्जा गरेर  बद्रि केसीले सस्था आफ्नो हातमा लिएको आरोप लगाएको छ । उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको बिद्रोही टिमले बताएको छ ।  भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासी श्रेष्ठ र शर्माको आरोप छ ।उक्त परिणामलाई अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले अस्वीकार गरेका थिए । 
यो संगै एनआरएनए विभाजित भएको छ । केसीले अध्यक्षको शपथ र कार्यभार ग्रहण गरेपछि शर्माको अध्यक्षतामा नयाँ समानान्तर कार्यसमिति घोषणा गरिएको हो ।
यसैबीच शनिबार सपथ ग्रहणलगत्तै संस्थापन पक्षबाट नवनिर्वाचित कार्यसमितिको बैठकले मत परिणामको बारेमा उब्जिएको प्रश्नको छानबिन गर्न अन्तराष्ट्रिय समिति बनाउने र त्यसका लागि अध्यक्षका प्रत्याशी शर्मा र श्रेष्ठलाई पत्र पठाउने निर्णय गरेको छ । 
 “नेपालीका लागि नेपाली” भन्ने मूल उदेश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको २०२३-२०२५ कार्यकालका लागि १९ अक्टोबर २०२३ का दिन सम्पन्न निर्वाचन  निर्वाचन प्रक्रिया  त्रुटिपूर्ण भएको निर्वाचन समितिले स्वीकार गरेको र १५ दिनभित्र यसमा आइटी अडिट गर्ने सहमति विपरीत एउटा पक्षले हतार हतार शपथको राखेको हुँदा निर्वाचन त्रुटिपूर्ण र धाँधली भएको पुष्टि भएको आर के शर्माले बताएका छन्  । उनले आफ्नो फेसबुक वालमा लेखेका छन् -  तीन जना अध्यक्षले सम्पूर्ण प्रक्रिया रोकिएको सूचना निकाले पछि एक पक्षले हतार शपथ खाएर पवित्र अभियानलाई विभाजनमा लग्ने सीमित गिरोहको कब्जामा राख्ने मनसाय बोकेको देखियो । महाधिवेशन तथा विश्व सम्मेलनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दै मेरो नेतृत्वको कार्यसमिति आजदेखि गैरआवासीय नेपालीको हकहित र सम्बृद्ध नेपाल बनाउने अभियानमा हिँड्ने बाचा व्यक्त गर्दछु । सबैलाई बडा दसैँको शुभकामना दुर्गा भवानीले सबैको रक्षा गरुन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०५:४७
प्रतिक्रिया दिनुहोस्