SSI SSI
SSI SSI

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्बाचित 

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि नेपालमा बिहीबार सम्पन्न निर्बाचनले डा बद्री केसी ( रसिया )लाई अध्यक्षमा चयन गरेको छ ।उनका प्रतिस्प्रधी आर के शर्मा (कतार ) ले १२८१ र महेश कुमार श्रेष्ठ ( जापान ) ले १२२५ मत ल्याए । त्यसैगरी सस्थाको महासचिबमा अमेरिकाका गौरीराज जोशीले २ हजार  ३७ मत ल्याएर बिजयी भएका छन् । सस्थामा शालिन र भद्र एबं सहयोगी भावनाका व्यक्तित्वको रुपमा परिचित गौरी यसअघि पनि सोहि पदमा आफ्नो जिम्मेवारी निर्बाह गरेका व्यक्ति हुन् । 
नयाँ नेतृत्व (२०२३-२५ ) का लागि  भएको निर्बाचनमा नेपालमा उपस्थित भएका प्रतिनिधिहरूले यहि अक्टोबर १९ तारिख  बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गरेका थिए भने  ५९ देशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले अनलाइनबाट मतदान गरेका थिए । ३ हजार ७  सय ९१ जना महाधिवेशन प्रतिनिधि (८९.७२ % )ले भाग लिएका थिए । एनआरएनएका अनुसार संघको इतिहासमै पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ भएको हो ।  विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले भने बुधबार रातिबाटै अनलाइन भोटिङ गरेका थिए । 
११ औं विश्व सम्मेलनमा सहभागी हुनका लागि नेपाल पुगेका मतदाताले भने सोल्टी होटल परिसरमा व्यवस्थापन गरिएको मतदान केन्द्रबाट मतदान गरे । 
अनलाइन मतदानका लागि २० वटा ल्यापटपको व्यवस्था थियो ।  ७४ पदमा नयाँ नेतृत्व चयन गर्यो । ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको थिएन भने  विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । 
अध्यक्ष पदमा प्रत्यासीमा बद्री केसी, महेश श्रेष्ठ र आरके राजेन्द्रकुमार शर्माले प्रतिस्पर्धा गरेका थिए  ।  ६ उपाध्यक्षको  लागि १८ जनाले प्रतिस्पर्धा भएको थियो । महिला उपाध्यक्ष, युवा उपाध्यक्ष  र  महासचिवका लागि दुई दुई जनाले प्रतिस्पर्धा गरेका थिए । उपमहासचिवको दुई पदका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
सचिव ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी कायम छ । सहकोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाले प्रतिस्पर्धा गरे ।
यसैबीच नबनिर्बाचित अध्यक्ष डा बद्रि केसी अक्टोबर २१ तारिख शनिबार आफ्नो पदभार सम्हाले ।  सोहि दिन नवनिर्बाचित  कार्यसमितिलाई रास्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग उनको निवासमा भेट गर्यो । 
उपाध्यक्षमा एक र सचिब पदमा अस्ट्रेलियाबाट दुई जना निर्बाचित 


 गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औ महाधिबेशनमा अस्ट्रेलियाबाट उपाध्यक्षमा डा बिनोद श्रेष्ठ भारी मत ल्याएर निर्बाचित भएका छन् भने  सचिबमा स्वतन्त्रप्रताप शाह र डा ज्ञानेन्द्र रेग्मी बिजयी भएका छन् ।

सचिव ६ पदका लागि १५ जनाले उम्मेदवार बनेका थिए । सचिब पदमा शाह र रेग्मीका अलावा भिम केसी (पोर्चुगल ),पारसमणि पोखरेल (जापान ),मनोज कुमार श्रेष्ठ (युएई ),र नवराज रोसयारा (जर्मनी )  बिजयी भएका छन् । 
गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति( २०२३-२०२५ ) को निर्बाचन परिणाम , हेर्नुहोस ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्