SSI SSI
SSI SSI

सिड्नीमा वाटर प्युरीफायरको बिक्रि वितरण सुरु

सिड्नी । इन्क्रेडिबली प्यूरले ग्राहकहरुको  दैनिक आबस्यकतालाई ध्यानमा राखेर अत्यन्त आकर्षक र स्मार्ट इन्टेलीजेन्ट फिचरभएको बेन्च टप ( bench Top ) र अन्डर सिन्क(Under Sink) दुई प्रकारका प्रोडक्टहरुलाई अधिकारीक रुपमा अस्ट्रेलियाको न्यु साउथ वेल्सको बजारमा यहि अक्टोबर १४ तारिखदेखि  बिधिबत रुपमा ल्याएको छ l 

बेन्चटप प्युरीफायरको आकर्षक डिजाइन  र अनेक बिषेशता छ।  बेञ्च टप मोडेल ले धारा को पानी लाइ अत्यन्त सुद्द पार्नु का साथै  यस बाट  मन तातो , तातो र उम्लेको पानी र आफुलाई  चाहिने मात्रा छनौट गर्न सकिने छ ।  रुम टेम्परेचर ( Room Temperature ) देखी तुरुन्त तीन सेकेन्ड भित्र १०० डिग्री सम्ममा पानी पिउँन सकिने छ I धारामा जोड्नु नपर्ने भएकोले यसलाई  किचेन वा अन्त कतै राख्न सकिन्छ ।  यसको लोभ लाग्दो डिजाइनले  गर्दा धेरै ग्राहकहरुको आँखालाई लोभ्याउन सफल भएको छ । टच स्क्रीन बिशेषता सहित वाटरप्युरिफायरमा फिल्टरले काम गर्न छोड्ने बित्तिकै इन्डिकेटरले  (Indicator ) कुन फिल्टर काम गर्न छोडेको हो नयाँ परिवर्तन गर्नकोलागि जनाउ दिने छ र सजिलै आफैले फिल्टर (कार्ट्रिज ) फेर्न सकिने छ । इन्डिकेटरले  गर्दा ग्राहक ढुक्क भएर पानी  उपभोग गर्नसक्छन। सानो परिवार तथा भाडामा वस्ने ग्राहकको लागि सारै उपयुक्त हुने उक्त मोडेल   सजिलै बोकेर जता पनि लग्न सकिने आदियसका प्रमुख बिशेषताहरु हुन l  त्यसैगरि सिंक मुनि जडान गर्ने चिटिक्क परेको वाटर पुरिफ़िएर किचेनको मुनि राख्न सकिने छ ।   

संसार कै अत्यन्त उन्नत प्रबिधि प्रयोग  गरि पानीलाई  तीन  चरणमा पानी लाई सुद्धीकरण गर्ने प्रविधी  ( Three Stage Filtration systems) यी वाटर प्युरिफायरमा जडान गरिएको छ ।   यस तिन तहको फिल्टरले पानीमा रहेका सबैजसो घातक रसायन संगै ब्याक्टेरिया, भाइरस र क्रिप्टो जस्ता खतरनाक किटाणु र जैविकलाई  छान्ने काम गर्दछ र बिसुद्द पानी उपलब्ध गराउदा छ।  वाटर प्युरिफायर मा जडित  फिल्टर इन्डिकेटर ले तिन तह को मध्ये कुनै एक फिल्टर ले  काम गर्न छोड्ने बित्तिकै  जनाउ दिनेछ र उक्त फिल्टर सजिलै ग्राहक आफैले  (कार्ट्रिज ) फेर्न सक्छन  ।   फिल्टरइन्डिकेटरले  गर्दा ग्राहक ढुक्क भएर  पानीको उपभोग गर्न सक्छन।


टोकियो यूनिवर्सिटीवाट बिधावरिधी (PHD) गरेका वाताबरणबिद डा. रुपक अर्याल (जो  खाने पानि बिशेसज्ञ को रुप माअस्ट्रेलियामा लामो समयदेखि कार्यरत छन्  )  द्वारा डिजाइन गरिएको हो  l  उनी  यस कम्पनी ( Incredibly Pure) का म्यानेजिङग डिरेक्टर हुन्  l  लामो समयदेखि  अस्ट्रेलियाको पानीको सोध तथा अनुसन्धान, बैज्ञानिक तथ्यांक,पानीमा रहेको बिकार जन्य पदार्थको आधारमा  अस्ट्रेलियाको  पिउने पानीबाट हुनसक्ने सम्भावित  असर रोक्नको लागि यी दुइ प्रडक्ट मार्केटमा ल्याएको बताउछन् ।    डा. रुपक अर्याल तथा रामचन्द्र थापा मुख्य संचालक रहेको यो  कम्पनिले  गुणस्तरीय, आकर्सक, भरपर्दो र सस्तो अनि सर्बसुलभ रुपमा सेवा दिने उदेश्य  राखेको छ । यस  अघि एडिलेड सहर र मेलबर्न सहरमा आफ्नो उत्पादन आधिकारिक रुपमा यस कम्पनीले बिक्रि वितरण गरिसकेको यस Incredibly Pure प्रा.ली कम्पनिले अस्ट्रेलिया तथा न्युजिल्याण्डको बजारमा समेत आफ्नो प्रोडक्टलाई बिक्रीबितरण गर्ने योजना र तयारी  गरेको छ l

हाल लाइ https://www.incrediblypure.com.au मार्फत, अथवा केहि अधिकृत बिक्रेता मार्फत  किन्न सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्