SSI SSI
SSI SSI

गस्फ़ोर्डमा अभिभावक बनभोज कार्यक्रम सम्पन्न 


सिड्नी । सेन्ट्रल कोस्ट रिजनको गस्फ़ोर्ड क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुलाई एकीकृत गरी एकापसमा परिचय गराउने उद्देश्यका साथ कसमस ड्राईभिङ्ग सेन्टरले अभिभावक बनभोज कार्यक्रम गर्यो । कसमस ड्राईभिङ्ग सेन्टरका संचालक बिष्णु सापकोटाका अनुसार बनभोज कार्यक्रममा आफ्ना छोरा छोरि ,नातिनातिनालाई भेट्न नेपालबाट आएका बा आमाहरुले उत्साहपूर्ण रुपले सहभागिता जनाएका थिए । कार्यक्रममा सेन्ट्रल कोस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष खगेन्द्र ढकाल ,उपाध्यक्ष सन्तोष तिमिल्सिना र सचिब अशिम गौतमले सस्थाका बिबिध गतिबिधिका बारेमा अ आफ्नो धारणा राखेका थिए । 
त्यसैगरी नेप्लिज अविभावक समिति का अध्यक्ष नारायण प्रसाद तिवारी र सचिब रामप्रसाद घिमिरेले बिदेशमा पनि नेपालीहरु यसरी भेटघाट गरी दुख सुख खुशी र अनुभव एकआपसमा साटासाट गर्न पाउनु हाम्रालागी खुशीको कुरा भएको बताउदै भेटघाटको चाजोपाजो मिलाउने कसमस ड्राईभिङ्ग परिवार प्रति आभार व्यक्त गरे । उनीहरुले हामी जहा जसरी बसेपनि नेपाली भाषा , धर्म ,सस्कृती रिती रिवाज र परम्परालाई बिर्सन नहुनेमा जोड दिए । 
गस्फ़ोर्डको वाटर फ्रन्टमा यही अक्टोबर १५ तारिखमा भएको सो बनभोज कार्यक्रममा त्यस क्षेत्र वरपर बसोबास गर्ने नेपाली हरुले सक्रिय सहभागिता जनाएका थिए । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०२:१७
प्रतिक्रिया दिनुहोस्