SSI SSI
SSI SSI

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गैर आवासीय नेपाली संघको ११औँ विश्व सम्मेलनको उद्घाटन 



काठमाण्डौ ।  गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, आजदेखि काठमाण्डौमा सुरु भएको छ ।  ‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारा सहित सुरु भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको आर्थिक तथा सामाजिक बिकासमा गैर आवासीय नेपालीहरुले पुर्याउदै आएको योगदान प्रसंसनिय रहेको बताए । 
 उनले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरी “नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानी गर्न  आग्रह गरे । राष्ट्रपति पौडेलले प्रकृति र सस्कृतिको अनुपम भण्डार नेपालको  बिश्वमाझ पहिचान गराउदै दोस्रो पुस्ताका गैर आवासिय नेपाली लाई हाम्रो रिति थिति पर्व ,परम्परा र सस्कृतिको बारेमा परिचित गराउन संघले बिशेस भूमिका खेल्न सक्ने उल्लेख गरे । 

उनले नेपालको आन्तरिक क्षमतामा विकास गर्न सकेमा मात्र विदेशमा नेपालीले सम्मान पाउने अवस्था रहन्छ”, उनले भने, “नेपाल समृद्ध नभएसम्म विदेशमा नेपाली शिर उचो हुन सक्दैन । विदेशमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्न नेपालको आन्तरिक क्षमतामा विकास गर्नुपर्ने खाचो औल्याए । 


सम्मेलनमा  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले अगाडी ल्याएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई सक्दो सहयोग गर्न आग्रह गरे । उनले नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उनले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तिकरणका लागि ‘डायस्पोरा’ सशक्त रुपमा अघि बढ्न आवश्यक रहेको बताए । 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका सम्भावनाको खोजी गरेर  र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने तर्फ सम्बद्ध पक्ष क्रियासिल हुनुपर्ने बताए । 

संयुक्त राष्ट्रसङ्घका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशका नागरिकहरु जुट्नुपर्ने बेला भएको बताए । 

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसी अध्यक्षद्वय  रविना थापा र कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवाद दिदै विदेशमा रहेका नेपालीलाई स्वदेशसँग  जोड्न सक्दो प्रयास गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्