SSI SSI
SSI SSI

 एनआरएनए ओसेनिया क्षेत्रको संयोजकमा दिनेश पोखरेल निर्बाचित 

 


सिड्नी ।  गैर आवासिय नेपाली संघको काठमण्डौमा आज अक्टोबर १७ देखि सुरु भएको महाधिबेसनको प्रमुख कार्यतालिका अन्तर्गत रहेको नयाँ कार्यसमितिको चयन प्रक्रिया सुरु भएको छ ।  हिजो (अक्टोबर १६ तारिख भित्र ) सम्पन्न उम्मेद्वारी मनोनयनमा ओसेनिया क्षेत्रको संयोजक पदमा अस्ट्रेलियाका दिनेश पोखरेलको मात्र उम्मेद्वारी  परेकोले उनि २०२३-२०२५ कार्यकालको लागी ओसेनिया क्षेत्रको संयोजकमा  निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी ओसेनिया क्षेत्रको महिला संयोजकमा रेनुका लामा पनि निर्बिरोध चयन भएकी छिन् । 
ओसेनिया क्षेत्रको सह संयोजकहरुमा कोमलराज पाठक ,अरुण कुमार ठाकुर र युवा संयोजकमा सुर्य आचार्य  निर्बिरोध चयन भएका छन् । निर्बिरोध चयन भएका पोखरेल ,ठाकुर र पाठकले सिड्नीलाई आफ्नो कर्मथलो बनाउदै आएका छन् भने लामा ,घिमिरे र आचार्य ले एडिलेडलाई आफ्नो कर्मथलो बनाएका छन् । करिब दुई दशकदेखी अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएका ओसेनिया क्षेत्रको संयोजक पदमा नवनिर्बाचित दिनेश पोखरेल अस्ट्रेलियाको नेपाली समुदायमा चिरपरिचित नाम हो । एनआरएनए अस्ट्रेलियाको २०१५-२०१७ कार्यसमितिमा उपाध्यक्ष (एनएसडब्लु  राज्य संयोजक ) र २०१२-२०१५ को कार्यकालमा प्रवक्ताको जिम्मेवारी निर्बाह गरेका पोखरेल सामाजिक एबम कल्याणकारी कार्यमा सधै अग्रपंतिमा देखिने व्यक्तित्व हुन् । 
निर्बाचित भएपछि नेपाल न्यूजसंग कुरा गर्दै पोखरेलले  आफुलाई निर्बिरोध रुपमा संयोजकमा निर्बाचित गर्न साथ र सहयोग गर्ने यस क्षेत्रका एनआरएन अभियन्ताहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि नेपाल र नेपालीहरुको हक हितका लागी आफु निस्वार्थ रुपले लाग्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्