SSI SSI
SSI SSI

दशै टिकाको साइत सार्बजनिक 


 सिड्नी । नेपाली हिन्दु समाज अस्ट्रेलियाले नेपालीहरुको महान पर्व बडा दशैँको टिका र जमराको साइत सार्बजनिक गरेको छ । टिकाको साइत अस्ट्रेलियाको विभिन्न राज्यको समय अनुसार फरक फरक रहेको जनाइएको छ ।  हिन्दु समाजले अक्टोबर १५ तारिख आइतबार घटस्थापना र २४ अक्टोबर मंगलबार बिजया दशमीको टिकाको साईत यस प्रकार रहेको छ । समाजले टिकाको मुख्य साइतको सुभारम्भ भै सकेपछि माता दुर्गा भवानीको प्रसाद र दिनभरि नै मान्यजनहरुको हातबाट टिका ,जमरा लगाउन मिल्ने जनाएको छ ।
 यसैबीच नेपालमा विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 
 समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गर्दै  यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत  असोज २८ गते आइतबार हुने जानकारी दिएको छ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिले जनाएको छ । 
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । समितिका अनुसार देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको  छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्