SSI SSI
SSI SSI

एनआरएनए लाई एकीकृत गर्दै थप उचाइमा पुर्‍याउने मेरो प्रमुख उद्देश्य हो - गणेश के सी ( उपाध्यक्ष उम्मेदवार )


सिड्नी ।  प्रबासी नेपाली हरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को  काठमाडौंमा यहि अक्टोबर १७ देखि २० गतेसम्म एघारौं अधिवेसनको रौनकले यतिखेर काठमाण्डौमा चहलपहल बढेको छ । सस्थाको नेतृत्वमा पुग्नको लागि आकाक्षी हरुको बिस्व दौडाह चलिरहेको छ । आफ्नो चुनाबी अभियानका क्रममा अक्टोबर १० तारिख बेल्जियम पुगेका उपाध्यक्ष पदका उम्मेदवार गणेश के सीले नेपाल न्युजसंग कुरागर्दै  सबै प्रबासी नेपालीहरुको साझा अनि भरपर्दो सस्था एनआरएनएलाई थप सुदृढ र बिस्तार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए ।  उनले भने - ‘नेपालीका लागि नेपाली’ भन्ने मूल उद्देस्यका  साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघले आफ्नो गौरवमय २० वर्ष पूरा गरेको छ ।

यो सस्था यहाँसम्म ल्याईपुर्याउन धेरै अग्रजहरुले मेहनत र पसिना बगाउनु भएको छ । उहाहरुको त्यो योगदानको सम्मान गर्ने परिपाटी र परम्परा बसाल्नुपर्ने खाचो देख्ने के सी हाल एनआरएनए आईसीसीका उप महासचिव र  एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख हुन् ।  अस्ट्रेलियालाई सन् १९९५ देखि आफ्नो कर्मथलो बनाउदै आएका गणेश के सी  सन् २००५ मा एनआरएनए संस्थापक सदस्य हुँदै यो सस्थासँग आबद्दता जनाएका हुन् । 
सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष भएका के सीले आफ्नो कार्यकालमा सामाजिक कल्याणकारी कोष खडा गरेर एनआरएनए अस्ट्रेलियालाई सामाजिक र परोपकारी कार्यमा नयाँ ढंगले अगाडी बढाउने सत्कार्यको नेतृत्व गर्ने व्यक्तिको श्रेय पाएका छन् ।

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्न सफल केसीको  कार्यकालमा सामाजिक कल्याणकारी कोषको स्थाप गर्न आयोजित महापुराणबाट  एक करोड पचास लाख डलर संकलन भएको थियो ।  त्यस्तै, सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडि बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत अस्ट्रेलियाबाट २७ करोड रुपैयाँ  संकलन गर्न केसीले खेलेको भूमिका प्रसंसनिय रहेको छ । 
कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा अग्र मोर्चामा रहेर काम गरेका केसीले  एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दीका बेला उद्दार र राहतका पोकाहरु संकलन र वितरण गर्न खेलेको बिशिस्ट भूमिका निर्बाह गरे । यो सस्थामा लागेर आफुले बटुलेको अनुभव र दक्षतालाई ब्यबहारमा उतारेर सङ्घलाई थप उचाइमा पुर्‍याउने  उद्देश्यका साथ उपाध्यक्षको  उम्मेदवार बनेका गणेश केसी  देशका बेरोजगार युवालाई सीपमुलक र रोजगारीमूलक शिक्षाका लागि आफ्नो एनआरएनएले सरकारसंग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिन्छन ।
 कुराकानीको क्रममा उनले भने - बदलिदो परिस्थितिमा अन्तरास्ट्रिय श्रम बजारको माग बमोजिमका सिपमुलक भोकेसनल ट्रेनिङ्गका लागि नेपालका सातै ओटा प्रदेशमा ट्रेनिङ्ग सेन्टरको स्थापना गर्ने लक्ष्य  रहेको जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्