SSI SSI
SSI SSI

रुपन्देही सामाजिक सञ्जालले नेपाली पर्वका अवसरमा कार्यक्रम गर्दै


सिड्नी । रुपन्देही सामाजिक सञ्जालले बडा दशैँ ,तिहार ,छठ तथा नेपाल सम्बतको अवसरमा यहि अक्टोबर २१ तारिख शनिबार  शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । रक्डेल स्थित एभरेस्ट तन्दुरी फ़न्सन सेन्टरमा बिहान १० बजेदेखि सुरु हुने उक्त कार्यक्रम अपरान्ह २.०० बजेसम्म संचालन हुने सो सस्थाले जनाएको छ । 
नेपाल न्यूजसंग कुरागर्दै सस्थाका उपाध्यक्ष दिवाकर काफ्लेले कार्यक्रममा अमेरिका बस्दै आएका नेपाली लोक दोहोरी गायक रामप्रसाद खनालसंग मिट एण्ड ग्रिट समेत गरिने छ ।  सो अवसरमा कलाकार खनालको अलावा सिड्नीका नेपाली कलाकारहरुले गीत संगीत प्रस्तुत गर्नेछन् । 
रुपन्देहीबाट सिड्नी आएका जिल्लाबासिहरुलाई एकीकृत गरि जिल्लाको स्वास्थ्य ,शिक्षा एबम सामाजिक र कल्याणकारी कार्य गर्ने गरि सन् २०१५ सालमा स्थापना गरिएको यो सस्थाले जिल्लामा विभिन्न सामाजिक र कल्याणकारी कार्य गर्दै आएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्