SSI SSI
SSI SSI

नेप्लिज अस्ट्रेलियन एसोसियसनले दशैं तिहार शुभकामना एबम्  फेमिली पिकनिक मनायो 


सिड्नी । नेपालीहरुको महान पर्व बडा दशैं तथा तिहार ,छड एबम नेपाल सम्बतको अवसर पारेर नेप्लिज अस्ट्रेलियन एसोसियसनले यहि अक्टोबर ७ तारिख शनिबार शुभकामना आदान प्रदान तथा फेमिली पिकनिकको आयोजना गर्यो । सिड्नीको एस्फिल्ड पार्कमा सम्पन्न सो कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष एबम सल्लाहकार डा नारायण प्रधानले सस्थाको स्थापनाको पृष्ठभूमिका बारेमा जानकारी दिएका थिए ।

 उनले सन् १९७६ मा थोरै नेपालीहरुको सक्रियतामा स्थापना गरिएको यो सस्था यहाँसम्म आइपुग्दा अनेकौ कालखण्ड पार गरेको बताउदै अहिले झन् यो सस्थाको महत्व र औचित्य बढ्दै गएको उल्लेख गरे ।  सस्थाका अध्यक्ष ऋषि आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सस्थाका सल्लाहकार पदम शाक्य , पूर्व अध्यक्ष डा मधु पुडासैनी र सस्थाकी उपाध्यक्ष एबम् कार्यक्रम संयोजक  निशा श्रेष्ठ लगायतका बक्ताहरुले सस्थाको बिबिध पक्षका बारेमा बोल्दै शुभकामना व्यक्त गरेका थिए ।  

कार्यक्रममा सस्थाका पदाधिकारीहरु सल्लाहकारहरु एबम शुभेच्छुकहरुले सक्रिय सहभागिता जनाएका थिए ।  
अस्ट्रेलियाको सरकारी निकायमा आफ्नो छुट्टै पहिचान बनाएको यो सस्थासंग यहाको काउन्सिल र सरकारी निकायले नेपालि समुदायको बारेमा सुझाव र सल्लाह लिने गर्दै आएको छ । सस्थाले सर्स्ट्भिलस्थित अक्वाटिक सेन्टरमा  निशुल्क रुपमा  पौडी कक्षा संचालन गरिरहेको छ । सस्थाले हरेक २/२ बर्षमा गर्दै आएको चिल्ड्रेन्स ट्यालेण्ट नाइट  सन् २०२४ मा गर्ने बताईएको छ ।   

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्