SSI SSI
SSI SSI

सिड्नीमा नेपाली हिन्दु मन्दिर निर्माण गर्न अन्तरक्रिया हुने


 सिड्नी । नेपाली हिन्दु मन्दिर निर्माण समितीले सिड्नीमा  यो हाम्रो सिड्नीबासी नेपालीहरूको अत्याबश्यक्ताई मनन गरि  सिड्नीमा सम्पूर्ण सनातनी धर्मालम्बीहरूको आस्थालाई  सम्बोधन गर्नेगरी नेपाली मन्दिर निमार्णार्थ बृहद अन्तरक्रिया कार्यक्रम  गर्ने भएको छ । मन्दिर निर्माण समितिका सदस्य एबम् फण्ड राइजिङ्ग कमिटिका संयोजक शिब बन्जराका अनुसार सो कार्यक्रममा बाचन प्रबिण पं. दिनबन्धु पोखरेलको बिशेष उपस्थिति रहनेछ । 
   नेपाल न्यूजसंग कुरागर्दै संयोजक बन्जराले  धर्म रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृती  रहन्छ, संस्कृती रहे हामी रहन्छौ,हामी रहे न हाम्रो पहिचान रहन्छ त्यसैले प्रबासमा हाम्रो पहिचान स्थापित गराउन हामीले यो अभियान अगाडी बढाएका हौ । उनले अगाडी थपे - हामी बिश्वको जुनसुकै कुनामा रहेपनि हाम्रो भाषा,धर्म,कला,संस्कार र संस्कृती, संरक्षण तथा प्रबर्द्धन गर्दै दोस्रो पुस्तालाई यसको महत्वको बारेमा बुझाउनु हाम्रो कर्तब्य र दायीत्व हो ।  
  अस्ट्रेलियामा नेपालीहरुको संख्या बर्षेनी बढ्दै रहेको र हाल यो संख्या करिब २ लाखको हाराहारीमा पुगिसकेको र त्यसमा सिड्नीमा मात्रै करिब ९० हजार नेपाली बसोबास गरिरहेको अनुमान गरिन्छ ।

नेपालीहरुको संख्या बढेसंगै अस्ट्रेलियामा नेपाली समुदायको धार्मिक सास्कृतिक एबम् सामाजिक गतिविधिहरु बढ्दै गएको यथार्थता हाम्रा सामु छन् ।   तर नेपाली समुदायको स्वामित्व मा सिड्नी र यसको आसपासमा एउटा पनि सामुदायिक भवन / मठ मन्दिर नभएका कारण  हाम्रा प्रमुख पर्वहरु फंसन सेन्टर र पार्कहरुमा गर्नुपर्ने बाध्यता खेप्दै आउनु परेको छ । 
अब यो बाध्यताबाट  यहाको नेपालि समुदायलाई सधैको लागि मुक्त पार्न नेपाली हिन्दु मन्दिर निर्माण समितिले अगाडी बढाएको अभियानलाई सबैले साथमा साथ र हातमा हात मिलाएर सफल बनाउनु पर्ने देखिएको छ । यहि अक्टोबर १२ तारिख बिहिबार साँझ ६ बजे देखि साँझ ९ बजेसम्म हुने सो बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आयोजक समितिले सिड्नीमा बसोबास गरिरहेका नेपाली समुदायलाई अनुरोध गरेको छ । सिड्नीको बरुड ,२२ चर्च स्ट्रिटस्थित उडस्टक  कम्युनिटी सेन्टरमा हुने सो कार्यक्रमका बारेमा थप जानकारीका लागि शिब बन्जरा +६१४१३१९७१६५, प्रकास ढोडारी +६१४११८३८४४९ र प्रिती शर्मालाई +६१४३५५५४६७७ मा सम्पर्क गर्न सकिने छ । यो पुण्य कार्यमा सबै सहभागी हॉऔ ,प्रबासमा नेपाली धर्म,सस्कृती ,कला र परम्पराको सम्बर्धन गरौ ।   
    

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्