SSI SSI
SSI SSI

सभामुखद्वय मिल्टन र घिमिरेबीच भेटवार्ता 

काठमाण्डौ । सभामुख मिल्टन डिकले नेपालका सभामुख देबराज घिमिरेसंग यहि अक्टोबर ४ तारिख बुधबार सिहदरबार स्थित सभामुखको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटमा संसदीय अनुभव आदान प्रदान का साथै द्विपक्षिय सम्बन्ध बिस्तार र आयामका बिषयमा छलफल भएको थियो । 
भेटमा सभामुख मिल्टन डिकले नेपालको आर्थिक तथा सामाजिक बिकासमा अस्ट्रेलिया सदैव सहयोगी  रास्ट्रको रुपमा रहने बताउदै अस्ट्रेलिया हेर्ने गरी नेपालमा पनि संसदीय मैत्री समूह गठन भएकोमा खुशी व्यक्त गरे ।

उनले अस्ट्रेलिया नेपालसँग बिकास साझेदारी र जलबायु परिबर्तन बिरुद्धको अभियानमा साथ साथै रहेको जानकारी दिदै दुई देशको जनस्तरमा समन्धलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिए । 
भेटमा नेपालका सभामुख देबराज घिमिरेले  दुइदेश बिचको ब्यापार तथा लगानीलाई थप उचाईमा पुर्याउन दुई देशबिच ब्यापार तथा लगानी फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्नुपर्ने खाचो औल्याए । उनले नेपाली विद्यार्थीको प्रमुख गन्तब्य रास्ट्रको रुपमा रहेको अस्ट्रेलियाले नेपाली  विद्यार्थीहरुको लागी थप छात्रवृत्तिको ब्यबस्था गर्न आग्रह गरे । 


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्