SSI SSI
SSI SSI

एडिलेडमा  कविता कन्सर्ट सम्पन्न 

 एडिलेड । युवा कवि नवराज पराजुलीले अस्ट्रेलियाको एडिलेडमा  आफ्नो कबिता कन्सर्ट सम्पन्न गरेका छन् । यहि सेप्टेम्बर ३० तारिख  शनिवार एडिलेड स्थित फ्रेस चुल्होमा आयोजित साहित्यिक कार्यक्रममा  कबि पराजुली , स्थानिय साहित्यप्रेमीहरु कविता पराजुली , कुमाराज सुवेदी, मिलन दहाल ,सन्तोषी गौतम, र  प्रकाश धमला लगायतका श्रष्टाहरुले आ आफ्ना रचनाहरु बाचन गरेका थिए ।  
कन्सर्टमा   श्रष्टाहरुले सांगीतिक धुनमा करिब डेढ घण्टा आफ्नो  कविता बाचन गरेर उपस्थितजनलाई साहित्यिक स्वाद पस्किए । 

 एमआरपी इभेन्टद्वारा आयोजित सो कार्यक्रममा  आयोजक सस्थाका निर्देशकद्वय प्रकाश गैर्हे र मनोरथ पौडेलले कार्यक्रममा सहभागीहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि यहाको नेपाली समुदायबाट यस्तै साथ र सहयोग पाउने बिस्वास व्यक्त गरे । 
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्