सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
सुख कामना नगर्ना साथ् दुख समाप्त हुन्छ ! शान्तिको ईछ्या नगर्ना साथ् अशान्ति समाप्त हुन्छ !! सन्तोषको भिख नामाग्ना साथ असन्तोष समाप्त हुन्छ !!! कर्म गरिरहने तर सुखको कामना नगर्ना साथ् दुख समाप्त हुन पुग्दछ। कर्म नगर्ने कामना मात्र गरिरहने एबं कर्म गरिरहने तर सुखको कामना पनि गर्ने व्यक्ति सदा दुखि हुन्छ। निरन्तर कर्म तर कामना रहितको अवस्थामा दुखहरु आएपनि ती दुखहरुबाट अप्रभावित हुन पुगिन्छ। दुखबाट अप्रभावित हुदा स्वत सुख प्रकट हुन पुग्दछ। शान्तिको ईछ्या नगर्ना साथ अशान्ति समाप्त हुन पुग्दछ। ईछ्य नै अशान्ति हो। ईछ्याबाट मुक्त हुना साथ स्वत शान्तिको जन्म हुन्छ। यात्राको लागि ईछ्या चाहिन्छ तर मुक्तिको लागि ईछ्याबाट पनि पार हुनु पर्दछ । ईछ्या नभएको अवस्था नै शान्तिको अवस्था हो। सन्तोषको भिख नामाग्ना साथ असन्तोषले डामाडोल बनाउन सक्दैन। ईछ्या कामना एबं माग नै दुखको ,अशान्तिको ,असन्तोषको मूल जड हो। मागराहित अवस्था नै सन्तोषको अवस्था हो। सन्तोष बाट पनि अलग भएपछी समाधिको जन्म हुन्छ। समाधिबाट पनि मुक्त भएपछि नै बोध -पूर्ण मौनको जन्म हुन्छ र यो नै अन्तिम हो ।
संसार नै ईसारा - जसले संसारमा घटिरहेको आश्चर्यहरुलाई देख्न जान्दछ उ स्वत अज्ञातको खोज तर्फा लाग्न थाल्दछ। यहि कारण संसारलाई अज्ञातको खोज गर्ने एक ईसाराको रुपमा लिन सकिन्छ। आँखा भएमा संसारनै मोक्ष तर्फ यात्रा गराईदिने साधाना हो। संसार एक ऐना हो जहाँ आफ्नो भाव देखा पर्दछ। यदि स्वयं भित्र खुशी छ भने संसारमा खुशी देखा पर्दछ। यदि स्वयं भित्र दुख छ भने संसार दुख देखिन्छ। सारा खेल स्वयम् भित्र अवस्थाको हो। सुख र दुख दुवैबाट पार भएपछि नै स्वयम् भित्र लुकेर बसेको अबिनासी प्रकट हुन्छ। संसारलाई ईसाराको रुपमा देख्न जान्नासाथ सारा निरासाहरु समाप्त हुन पुग्दछन । आशाले नै निरासाको जन्म दिने हो । आशा एबम् निरासाहरु समाप्त भएपछि नै स्वयम् भित्रको संगीत सुन्न थालिन्छ । संसारमा घटिरहेको आश्चार्य हरुलाई सहारा बनाउदै अगाडी बढिरहेमा स्वत अन्तर्यात्रा सुरु हुन्छ। यहि यात्राले सदा उही तर सदा नयाँसँग सम्पर्क गराईदिन्छ।
स्वयम् प्रतिको साधना - स्वयं प्रति गरिने साधना लाई नै आत्मा- साधना भनिन्छ। आत्मा साधना लाई अमृत दृस्टी पनि भनिन्छ अर्थात् आत्मा साधनाको माध्यमद्वारा नै दृस्टी उपलब्ध हुन्छ। आत्मा- साधनामा आसन,प्राणायाम एबम् सत्संगका अभ्यासहरु गरिन्छ । आत्मा- साधना बिना स्थाई शान्ति एबम् उत्सब असम्भव छ। आत्मा- साधनाद्वारा नै चेतनाको मुल स्रोतलाई जान्न पुगिन्छ। जान्नु नै मुक्ति हो। नजान्नु गुलाम हुनु हो। आत्मा- साधनाको माध्यमद्वारा नै नमर्ने उर्जालाई जान्न पुगिन्छ । यसलाई जान्नासाथ सम्पूर्ण समस्याहरुको समाधान हुन पुग्दछ। अरुका सबै बिचारहरुबाट अलग हुन जानेमा स्वयम् भित्रको चेतनाको सागर तर्फा बग्न थालिन्छ र निरन्तरको अभ्यास र अनन्त प्रतिक्षाबाट चौतन्यको सागर प्रकट हुन पुग्दछ। मन ,कल्पना,बिचार एबम् बुद्धिबाट अलग भए पछि नै यो अनन्त सागर स्वयम् भित्र प्रकट हुन्छ । चिन्तन बन्द हुनासाथ आँखा उपलब्ध हुन्छ। आँखा उपलब्ध हुनासाथ पदार्थमा नै परमात्मा देख्न थालिन्छ,ब्रह्माण्डमा नै ब्रह्म देखिन्छ ।
आनन्दित हुने कला - आनन्दलाई रोक्ने तत्व बिचार एबं मन नै हो। बिचार एबं मनबाट मुक्त हुनासाथ सम्पूर्ण समस्याहरुको समाधान हुन्छ। एवं समस्याहरुबाट अप्रभावित अवस्था नै आनन्दको अवस्था हो। हर बिचारहरु प्रति तटस्थ हुन थालेपछि बिचारहरु क्रमस कम हुदै जान्छन र यसको निरन्तरको अभ्यास बाट विचारहरुबाट मुक्त हुन पुगिन्छ र मन मात्र बाकि रहन्छ। यहि अभ्यास बाट मनबाट पनि पार हुन पुगिन्छ। जब मन बाट मुक्त भईन्छ तब नै स्थाई आनन्द प्रकट हुन्छ। बिचार हरु प्रतिको सजगताबाट नै बिचारहरु क्रमस कम हुदै जान्छन। बिचार र मनबाट मुक्त भएको अवस्था नै स्वयं भित्रको चौतन्यको स्वाद मिल्दछ। बिचारहरुबाट मुक्त भएको अवस्था नै निर्बिचारको अवस्था हो। शरीर स्वास एबम् काल्पनिक मृत्युको साधना बाट पनि निर्बिचारको अवस्थामा पुग्न सकिन्छ। निर्बिचार बिना स्थाई आनन्द असम्भव छ। क्रमस :