SSI SSI
SSI SSI

जनसम्पर्क समिति एनएसडब्लूको शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न 


सिड्नी ।  नेपाली हरुको महान पर्व बडा दशैं ,तिहार तथा छठ पर्व र नेपाल सम्बत् ११४४ को अवसरमा नेपालि कांग्रेसको सुभेच्छुक सस्था जन सम्पर्क समिती एनएसडब्लू राज्य समितिले शुभकामना तथा भेटघाट कार्यक्रमको आयोजना गर्यो । अक्टोबर १ तारिख आइतबार  सिड्नीको रक्डेल पार्कमा सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहेका डेमोक्र्याटहरुले सक्रिय सहभागिता जनाएका थिए ।
 जनसम्पर्क समिती एन एस डब्लु राज्य समितिका संयोजक सितल गिरीको अध्यक्षता सम्पन्न सो शुभकामना तथा भेटघाट कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका सस्थापक दिनेशराज जोशी , भुतपुर्ब अध्यक्ष कृष्ण गिरि ,एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल , निबर्तमान अध्यक्ष नन्द गुरुङ ,एनएडीएफका भूतपूर्व महासचिब डा ज्ञानेन्द्र रेग्मी लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।  सस्थाका सचिब  सक्षम सुबेदीले सहभागी हरुलाई स्वागत गरेका थिए । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्