SSI SSI
SSI SSI

चितवन समाज साउथ अस्ट्रेलियाको “प्रथम साधारण सभा”सम्पन्न 

अध्यक्ष पदमा उत्तम अधिकारी चयन 



एडिलेड ।  चितवन समाज साउथ अस्ट्रेलिया (CSSA) को २३ सेप्टेम्बर “प्रथम साधारण सभा” ले   उत्तम अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । एडिलेड स्थित फ्रेस चुल्हो रेस्टुरेन्टमा सम्पन्न प्रथम साधारण सभाले सर्बसम्मत रुपले   उपाध्यक्ष अनुप चन्द्र सुवेदी, सचिव अच्युत धमला, कोषाध्यक्ष सुदर्शन उप्रेती र सह सचिवमा संजिव पोखरेललाई सर्बसम्मत रुपले चयन गर्यो। त्यसैगरी सभाले सस्थाको सदस्यहरुमा काजल गैह्रे ,बिकास चापागाई, राजेश अधिकारी,  कमला खड्का,सागर कडेल, सुवास सापकोटा, सबिना आचार्य र भिम  न्यौपानेलाई पनि सर्बसम्मत रुपले चयन गरेको सो सस्थाले जनाएको छ । 
नेपाल न्यूज संग कुरा गर्दै नब निर्बाचित अध्यक्ष उत्तम अधिकारीले साउथ अस्ट्रेलियामा बसोबास गरिरहेका चितौनेहरु बिच साँस्कृतिक एबम् सामाजिक भाईचारा समन्ध कायम गर्दै चितवन जिल्लाको शिक्षा ,स्वास्थ जस्ता सामाजिक तथा कल्याणकारी कार्यमा सस्थाले आफ्नो अभियान केन्द्रित गर्ने बताए ।  
प्रथम साधारण सभाको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाली बाणिज्यदुत दिपक धमलाले सामाजिक सद्भाव कायम राख्दै समाजको हितको लागि सस्थाले सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए । तदर्थसमितिका संयोजक खगेन्द्र सापकोटा, साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियानाका पुर्व सह संयोजक नविन केडल, फेन्का साउथ अष्ट्रेलिया संयोजक सुरेन्द्र रेग्मी, एनआरएनए साउथ  अष्ट्रेलिया सचिव गणेश पराजुली, लगायतका बक्ताहरुले  शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्