SSI SSI
SSI SSI

चितवन समाज अस्ट्रेलियाको अध्यक्षमा पुरुषोत्तम सडौला 


सिड्नी । चितवन समाज अस्ट्रेलियाको छैठौ साधारण सभाले पुरुषोत्तम सडौलाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । सिड्नीको मेरिल्याण्ड स्थित रेस्ट फंसन सेन्टरमा २४ सेप्टेम्बर आइतबार साँझ आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा गरिएको हो । निर्बाचन समितिका संयोजक बुद्धि डल्लाकोटीले नयाँ कार्यसमितिमा चयन पदाधिकारीको नाम पढेर सुनाएका थिए ।  सस्थाको सचिबमा प्रतिक खरेल ,कोषाध्यक्षमा सिरिश बर्तौला ,सह कोषाध्यक्षमा रबि पोखरेल ,पब्लिक रिलेसन अफिसरमा सरोज पण्डित चयन भएका छन् ।  

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा हेमराज काफ्ले ,राधिका गौली ,आनन्द पाठक ,सुजन बर्तौला ,सुशील सडौला ,रबिन्द्र कंडेल ,राम डल्लाकोटी ,अमिन मोहम्मद ,सौगात त्रिपाठी र पुस्पा पाठक रहेका छन् ।  बुद्धि डर्लाकोटिको संयोजकत्वमा  सत्यप्रकास कंडेल ,छबि सापकोटा ,रोसन घले र विकास बर्तौला सदस्य रहेको निर्बाचन कमिटीले  आपसी छलफल र सहमतिको आधारमा नयाँ कार्यसमितिको चयन गरेको हो ।  
कार्यक्रममा निबर्तमान अध्यक्ष पूर्णनाथ घिमिरेले सस्थाले लिएको लक्ष प्राप्तिको लागि आफ्नो कार्यकालमा साथ र  सहयोग गर्ने सबैलाई धन्यबाद दिदै  चितवन समाज अस्ट्रेलियाले सामाजीक र कल्याणकारी क्षेत्रमा गर्दै आएको योगदान लाई चिरस्थायी राख्न नयाँ  कार्यसमिति लाग्नु पर्ने खाचो औल्याए । सो अवसरमा निर्बाचन समितिका संयोजक बुद्धि डल्लाकोटीले नयाकार्य समितिका पधाधिकारीहरुलाई सपथ खुवाएका थिए । सो अवसरमा चितवन समाजका सस्थापक अध्यक्ष सत्यप्रकास कंडेलले एनआरएनए अस्ट्रेलियाका नबनिर्बाचित अध्यक्ष अनिल पोखरेललाई सम्मान पत्र प्रदान गरेका थिए ।  नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम सडौलाले सस्थाले आर्जन गरेको साखलाई अझ  उचाईमा पुर्याउन आफ्नो कार्यसमितिले समाजका सबै वर्ग र क्षेत्र अनि सामाजिक संघ सस्थाहरुसंग मिलेर अघि बढ्ने बताए । 
  यो सस्थाले कोभिड महामारीको बेलामा चितवनको भरतपुर स्थित सरकारी अस्पताललाई १ सय ४० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको थियो।  त्यसैगरी सोहि बेला मुग्लिङ्गको हाइ वे अस्पताल र माडी स्थित हेल्थ पोस्टलाई स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।  ,करीव ४ सय ५० को हाराहारीमा सदस्य संख्या रहेको यो सस्थामा यसमा आजीवन सदस्यको रुपमा  १४ जना रहेका छन् ।  सस्थाले आजीवन सदस्य शुल्क १००,साधारण सदस्य २० , फेमिली ३० डलर  र बिद्यार्थीका लागी १० डलर सदस्यता शुल्क तोकेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्