SSI SSI
SSI SSI

‘हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय के सी र सिलवाललाई 

काठमाण्डौ ।  २०६३ साल असोज ७ गते ताप्लेजुङको धुन्सामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका  नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हेम  भण्डारी र क्यामेरा पर्सन सुनील सिहंको  सम्झनामा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले  स्थापना गरेको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०८० बाट कान्तिपुर टेलिभिजनका रूकुम पूर्वका महेश केसी र नेपाल टेलिभिजन धादिङमा कार्यरत शिव सिलवाललाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा सेप्टेम्बर २४ तारिख नेपाल टेलिभिजनमा आयोजित एक समारोहकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त पुरस्कार प्रदान गरिन ।    
 सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै  ​मन्त्री शर्माले जोखिम मोलेर काम गर्दा धेरै चुनौती हुने र त्यस्लाई सूचना प्रविधिसँग जोडन कठिनाइ भएको बताउदै उनले सरकारी मिडिया जनताको आवाज बन्नुपर्ने भन्दै पत्रकारिता क्षेत्रमा टिकिरहनका लागि सरकारले सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाइरहेको जानकारी दिइन । 
 ​नेपाल टेलिभिजनका अध्यक्ष समिरजङ्ग शाहले नेपाली पत्रकारितामा हुने जोखिमलाई अवसरका रूपमा लिएर काम गर्नुपर्नेमा जोड दिए । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले पेशागत जोखिम र प्रविधिगत जोखिम बढ्दै गएको र सोहीअनुसार नेपाल टेलिभिजनलाई पनि अघि बढाउन प्रयत्नमा रउल्लेख गरे ।
प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजङ्ग हमालको  सभापतित्वमा सम्पन्न सो सम्मान कार्यक्रममा ​नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल ,सम्मानित पत्रकार महेश  केसी, ​पुरस्कार छनौट समितिका सदस्य दिलभूषण पाठक लगायतका बक्ताहरुले पुरस्कारका बिबिध पक्षका बारेमा आ आफ्नो धारणा राखेका थिए ।  सो अवसरमा टेलिभिजन शाखाका पूर्वअध्यक्षहरू रामेश्वर शुक्ला, प्रदीप चापागाईं, पुरूषोतम घिमिरे, शालिक सुवेदी र निराजन खनाललाई पनि सम्मान गरिएको थियो ।
 २०६४ सालमा रू पाँच हजार राशिको पुरस्कार स्थापना गरेको प्रतिष्ठान शाखाले  अक्षयकोषलाई बढाएर रू २० लाख पुर्याउन लागिएको जानकारी दिइएको  थियो । उक्त पुरस्कारको राशी बढाएर यस वर्षदेखि रू एक लाख कायम गरिएको सो अवसरमा जानकारी गराइयो  ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्