SSI SSI
SSI SSI

भर्चुअल माध्यमबाट फेन्काको १० औं वार्षिकोत्सव सम्पन्न 

शनिबार, वैशाख ६, २०८२


 सिड्नी ।  अष्ट्रेलियाको नेपाली समुदायहरुको बृहत संस्थागत प्रतिनिधित्व, आपसी समन्वय र सशक्तिकरण गर्ने उद्देश्य राखेर अप्रिल ९, २०१५ मा गठन भएको नेपाली सामुदायिक संस्थाहरुको महासंघ फेन्का (FeNCAA) ले आफ्नो १० औं वार्षिकोत्सव यहि अप्रिल ९ तारिख सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको सो वार्षिकोत्सव कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत चित्रलेखा यादवले छोटो समयमा अस्ट्रेलियाको संघिय सरकारसंग गरेको समन्वय र सहकार्यको प्रसंशा गर्दै नेपाली संघ सस्थाहरुलाई जोडेर  अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि शिक्षा, स्वास्थ्य, नेपाली भाषा, कला र संस्कृतिको पहिचान र जगेर्नामा गर्दै आएको कार्यहरुको निरन्तरतामा जोड दिन र प्रभावकारी भूमिका खेल्न आग्रह गरिन । सो अवसरमा उनले फेन्काको कार्यविवरणहरुको आधिकारिक जानकारी गराउने उद्देश्यले प्रकाशित न्यूजलेटरको लोकार्पण गरेकी थिईन ।


साउथ अष्ट्रेलियाका लागि नेपाली कन्सुलर दिपक धमलाले फेन्काले नेपाली समुदायको लागि गर्दै आएको गरेका कार्यको  प्रसंसा गर्दै नेपाली कन्सुलेट अफिससंग समन्वय गरेर फेन्कासंग मिलेर काम गर्न आफू अग्रसर रहेको बताए ।
 
सो अवसरमा नेपाली समुदायका अग्रज, सामाजिक अभियन्ता एवं परिकल्पनाकारहरु डा नारायण प्रधान, ईन्द्रा वन, डा राजु अधिकारी, डा कृष्ण हमाल, बिष्णु हमाल, आङ्दावा शेर्पा र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल लगायतका बक्ताहरुले फेन्काको योगदानलाई स्मरण गर्दै आगामी वर्षहरूमा फेन्काले नेपाली संघसं स्थाहरुको निरन्तर सहकार्यलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।
 
 संस्थाका अध्यक्ष बोम योञ्जनको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन संस्थाका महासचिव कपिल पाण्डेले गरेका थिए भने  सचिव डा प्रकाश पौडेलले धन्यबाद ज्ञापन गरेका थिए ।  संस्थाका प्रबक्ता भोला गिरिले प्रेस सम्प्रेसण गरेका थिए। फेन्कामा हालसम्म अष्ट्रेलियाका सबै राज्य र क्षेत्रहरूका ९५ नेपाली संस्थाहरूको प्रतिनिधित्व रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्