SSI SSI
SSI SSI

एनआरएनएको बिश्व सम्मेलन अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा हुने


सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) को एघारौं अधिवेसन यहि अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल उद्देस्यका  साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघले आफ्नो गौरवमय २० वर्ष पूरा गरेको छ । यो सस्था यहाँसम्म आइपुग्दा विश्वको  ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सबैभन्दा  ठूलो सांगठनिक सञ्जाल बन्न सफल भएको छ । हाल यो सस्थासंग  ९६ हजार ८ सय ५० पन्जिकृत सदस्यले आबद्धता जनाएका छन् ।
नयाँ कार्यसमितिको लागी अक्टोबर १९ मा निर्वाचन हुने छ । निर्बाचन समितिका अनुसार निर्बाचनमा ७४ पदाधिकारीको निर्वाचन हुनेछ ।
निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष , महिला उपाध्यक्ष , युवा उपाध्यक्ष , महासचिव , महिला सचिव , कोषाध्यक्ष ,  महिला सहकोषाध्यक्ष , महिला संयोजक र युवा संयोजक एक एक रहने ब्यबस्था गरिएको छ ।  त्यसैगरी उपाध्यक्ष ६,उपमहासचिव २, सचिव ६, सहकोषाध्यक्ष ३ जना रहने छन् ।  
त्यसैगरी क्षेत्रीय संयोजक, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय महिला उपसंयोजक, क्षेत्रीय युवा संयोजक र क्षेत्रीय युवा उपसंयोजक ६/६, क्षेत्रीय उपसंयोजक १७ र दोश्रो पुस्ताका गैरआवासीय नेपाली १ का लागि गरि ७४ प्रतिनिधिका लागि निर्वाचन हुने निर्बाचन समितिद्वारा जारि सुचनामा जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने एघारौं एनआरएन विश्व सम्मेलन र तेश्रो विश्व ज्ञान सम्मेलन  संयुक्त रुपमा आयोजना गरिने एनआरएनएले जनाएको छ ।  
निर्बाचन समितिले सार्बजनिक गरेको निर्बाचन तालिका अनुसार प्रारम्भिक मतदाताको नामावली सेप्टेम्बर २४ मा प्रकासन गरिने छ । मतदाता नामावली उपर कसैको दाबि बिरोध रहेमा सेप्टेम्बर २५ र २६ मा दाबि बिरोध गर्न पाइने छ भने दाबि बिरोध माथि सेप्टेम्बर २६ देखि २८ सम्म छानबिन   गरेर २९ तारिख मतदाताको अन्तिम नामावली प्रकासन गरिने छ । त्यसैगरी उम्मेद्वार हुन चाहनेले भौतिक उपस्थिति र बिधुतिय दुवै माध्यमबाट आफ्नो मनोनयन पत्र पेश गर्न सक्ने ब्यबस्था गरिएको छ । 
 अक्टोबर १२  देखि १४ सम्म उम्मेद्वारी मनोनयन गर्ने मिति तोकिएको छ भने बिधुतिय माध्यमबाट उम्मेद्वारी पेश गर्नेहरुको हकमा अक्टोबर १५ र १६ गते प्रस्ताबक र समर्थक सहित निर्बाचन कार्यालयमा अनिबार्य उपस्थित भएर सनाखत गर्नुपर्ने प्राबधान राखिएको छ । अक्टोबर १६ तारिख अपरान्ह ४ बजे उम्मेद्वारको पहिलो नामावली प्रकासन गरिने र सोही  दिन साँझ ८ बजे सम्म उम्मेदवारको उम्मेद्वारी बिरुद्ध दाबि बिरोध गर्ने समय तोकिएको छ । अक्टोबर १७ मध्यान्ह १२ बजे भित्र मनोनयन पत्रको जाचबुझ र परेका उजुरी माथि निर्णय गरिने छ भने सोहि दिन दिउसो १ बजे उम्मेदवारको दोश्रो नामावली प्रकासन गरिने छ  भने दिउसो २ बजे देखि साझ ६ बजेसम्म उमेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन् र त्यसैलाई आधार मानेर सोहि दिनको साँझ ७ बजे देखि ८ बजे सम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकासन गरिने निर्बाचन समितिले जनाएको छ । सोहि रात ९ बजे देखि १२ बजे सम्म बिधुतिय माध्यमद्वारा निर्बाचन गराउने कम्पनीलाई उम्मेदवारको अन्तिम नामावली उपलब्ध गराइने छ । अक्टोबर १९ तारिख बिहान १० बजे देखि साँझ ६ बजेसम्म काठमाण्डौको ताहाचल स्थित सोल्टी होटलमा निर्बाचन कार्य संचालन हुनेछ ।  निर्बाचन समितिका अनुसार बाहिर रहेका मतदाताहरुले सोहि दिन अपरान्ह १२ बजेदेखि राति ११. ५९ बजे सम्मको अवधिमा मतदान गर्ने ब्यबस्था मिलाइएको छ ।  
उम्मेद्वार दस्तुर कुन पदको कति ?
 अघिल्लो पटकको तुलनामा यसपटक सबै उम्मेवारको उम्मेद्वारी दस्तुर कम गरोएको छ । बिगतका समयमा उम्मेद्वारी दस्स्तुरलाई लिएर सार्बजिनिक रुपमै धेरै आलोचनाका स्वरहरु सुनिएका कारण यसपटक उम्मेद्वारी शुल्कमा भारि कटौती गरिएको छ । यसपटक अध्यक्ष पदका लागि ५ लाख ,उपाध्यक्षको ३ लाख ५० हजार ,महिला उपाध्यक्ष १ लाख ७५ हजार ,युवा उपाध्यक्ष १ लाख ७५ हजार ,महासचिबका लागि ३ लाख  रुपैया तोकिएको छ।  त्यसैगरी उप महासचिब २ लाख ७५ हजार ,सचिब २ लाख ५० हजार ,महिला सचिब १ लाख २५ हजार ,कोषाध्यक्ष २ लाख ५० हजार ,सह कोषाध्यक्ष २ लाख ,महिला सह कोषाध्यक्ष १ लाख ,महिला संयोजक ८७ हजार ५ सय ,क्षेत्रिय संयोजक १ लाख ७५ हजार र क्षेत्रिय उपसंयोजकको लागि १ लाख २५ हजार रुपैया तोकिएको छ। 


 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्