SSI SSI
SSI SSI

 रामकृष्ण ढकालको अष्ट्रेलिया साङ्गीतिक यात्रा आजदेखि सुरु 

शनिबार, असोज १२, २०८१

 

सिड्नी । नेपालका लोकप्रिय गायक रामकृष्ण ढकाल आफ्नो करिव एक महिने अष्ट्रेलिया साङ्गीतिक यात्रा लिएर हिजो सिड्नी आईपुगेका छन् । उनको यसपटकको साङ्गीतिक यात्राको चाजो पाजो पाल्पा सर्भिसेसले गरेको छ ।

उनलाई हिजो आयोजक सस्थाका पधाधिकारी र उनका हितैसिहरुले सिड्नीमा स्वागत गरे । अष्ट्रेलियाको सिड्नी ,न्युक्यासल ,एडिलेड।, ब्रिसबेन लगायतका शहरहरुमा आफ्नो साँगेतिक प्रस्तुति दिनेछन् । एक महिनाको आफ्नो साङ्गीतिक यात्रा तय गरेका ढकालले आज ( सेप्टेम्बर २८ तारिख शनिवार ) साँझ सिड्नीको रक्डेलस्थित ईन्द्रेणी फंसन सेन्टरमा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा गायक ढकालले आफ्ना  नयाँ पुराना गीतसङ्गीत प्रस्तुत गर्ने आयोजक सस्थाले जनाएको छ ।  आफ्नो अष्ट्रेलिया साङ्गीतिक यात्राको बारेमा संक्षिप्त प्रतिक्रिया दिदै गायक ढकालले प्रवासमा रहेर पनि नेपाली गीत संगीतको श्रीबृद्धिको लागि संगीत प्रेमीहरुले देखाउदै आएको लगाव अनि आत्मियता म जस्ता कलाकारहरुको लागि जीवनबुटी हुदै आएको बताए । उनले आफ्नो यसपटकको  अष्ट्रेलिया साङ्गीतिक यात्रामा नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने  जानकारी गराए ।


‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक यात्राका क्रममा उनले आगामी अक्टोबर १ तारिख न्युक्यासलामा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । 2 A  ईङ्गल स्ट्रिट मे फिल्ड स्थित मे फिल्ड बलिङ्ग क्लबमा साँझ ५ बजे देखि ढकालको प्रस्तुति रहने आयोजक सस्थाले जनाएको छ । 


 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्