SSI SSI
SSI SSI

सिड्नीको नेपाल फेस्टिभलका लागी कम्युनिटि कन्सुलेशन कार्यक्रम हुने 

शुक्रबार, असोज ११, २०८१


सिड्नी । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको नेपाल फेस्टिभल  कार्यक्रमलाई निरन्तरता दिने क्रममा एनआरएनए एनएसडब्लु राज्य समितिको आयोजनामा आगामी नोभेम्वर २३ तारिख शनिवार सिड्नीको डार्लिंग हार्वरमा हुदै छ ।" देश एक कथा अनेक " स्लोगनका साथ मनाईने यस पटकको महोत्सवको लागि ग्रेस ईण्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले मुख्य प्रायोजन ( टाइटल स्पोन्सर ) गरेको छ । 


आउदो आइतवार ( सेप्टेम्वर २९ तारिख ) सिड्नीको मेरिल्याण्ड्स स्थित आफ्नै कार्यालयमा हुने कम्युनिटि कन्सुलेशन कार्यक्रमका बारेमा नेपाल न्युजसंग कुरागर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले फ़ेस्टिभललाई भब्य एबम सभ्य रुपमा सम्पन्न गराउन समुदायका सबैको साथ र सहयोग कसरि जुटाउन सकिन्छ भन्ने बारेमा छलफल गरिने बताए । अध्यक्ष पोखरेलले एन एस डब्लु राज्यको नेपाल फेस्टिभल ६ बर्ष पछि फेरी  डार्लिंग हार्वर स्थित टुम्बालुङ्ग पार्कमा हुने र फेस्टिभलमा एनएसडब्लु राज्यका प्रिमियर क्रिस मिन्सको  प्रमुख आतिथ्यता रहने जानकारी दिए । उनका अनुसार फेस्टिभलमा नेपाली मौलिक खानाका १४ र अन्य ब्यबसायका २२ ओटा स्टल राख्नको लागि बुक भै सकेको बताए । अध्यक्ष पोखरेलले सिड्नी  फेस्टिभल सम्पन्न गर्नका लागि करिव साढे २ लाख डलर खर्च हुने अनुमान गरिएको बताए । 
कम्युनिटि कन्सुलेशन कार्यक्रममा सिड्नीमा क्रियासिल सबै संघ सस्था र समुदायलाई सक्रिय सभागिता जनाउन एएनआरएनएले अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्