SSI SSI
SSI SSI

 राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालकै लामो सुस्ता झोलुङ्गे पुलको उद्घघाटन 

शुक्रबार, असोज ११, २०८१

 

नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको हिजो सेप्टेम्बर २६ तारिख बिहिबार उद्घघाटन गर्नुभएको छ । शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान सो झोलुङ्गे पुलको लम्बाई १५७१ मिटर छ ।

उद्घघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी पनि ब्यक्त गर्नुभयो । डबल स्प्यानको ।नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि  डुंगाको भरपरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताउदै राष्ट्रपति पौडेलले  झोलुङ्गेपुलको निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने र यहाँका बासिन्दालाई आवश्यक पर्ने बस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था सिर्जना गरेको उल्लेख गर्नु भयो ।  उहाँंले सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकै रहेको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना बोकेको बताउँंदै पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गर्नुभयो । 


राष्ट्रपति पौडेलले सुस्ता बचाउन भएको आन्दोलनमार्फत देशको भूमिको रक्षा गरेकोमा सुस्तावासीलाई राष्ट्रको तर्फबाट धन्यवाद दिदैं अब सुस्तावासीले भोग्दै आएका नागरिकता र लालपुर्जाको समस्या छिट्टै नै समाधान हुने  विश्वास व्यक्त गर्नुभयो !
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्