SSI SSI
SSI SSI

नवाज कप फुटबलको उपाधि सेन्टजर्जलाई

बुधबार, साउन २३, २०८१

सिड्नी । पछिल्लो डेढ महिनादेखि सीडनीमा सन्चिालित नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज नेप्लीज क्लबले उपाधि जितेको छ । नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको आयोजनामा हरेक आइतबार सन्चालित केओआइ नवाज कप फुटबलको फाइनलमा सेन्ट जर्जले सगरमाथा फुटबल क्लबलाई ५)३ गोलको अन्तरले पराजित गर्दै उपाधिसँंगै नगद तथा ट्रफी हात पारेको हो । फाइनल भिडन्तमा सेन्ट जर्जका रुपक लामाले हयाट्रीक पुरा गरेका थिए भने सरोज दाहाल र शुसान्त कुवरले एक एक गोल गरेका थिए । नेपालका चर्चित स्ट्राइकर जुमानु राइ प्रशिक्षक रहेको सगरमाथाले प्रारम्भमा भने निकै राम्रो खेल खेलेपनि खेलको अन्ततिर लय गुमाउदा हार बहोर्नु परेको थियो । यस्तै प्रतियोगिताको तेस्रो स्थान भने फेवा फुटबल क्लबले आफ्नो नाममा लेखाएको छ । फेवाले तेस्रो स्थानको भिडन्तमा टीआरजीलाई ३- २ गोलले परास्त गरेको थियो । सीडनीमा हुने फुटबल प्रतियोगिताहरुमा फरक र अलग पहिचान बोकेको नवाज कप फुटबललाई यस पटक केओआइ कलेजले प्रयोजन गरेको थियो भने एकसपर्ट एजुकेशनलगायतका संस्थाले सहयोग गरेका थिए । यस्तै प्रतियोगिताको भेट्रान स्पर्धामा भने माछापुच्छले सेन्ट जर्जलाई ४-१ले हराउदै उपाधि हात पारेको थियो । भेट्रानतर्फ माछापुच्छ्रेका छिरिङ डिमडुङले फाइनलमा हयाट्रिक पुरा गरेका थिए । प्रतियोगिताको अन्य उपाधिहरुमा सर्वाधिक गोलकर्तामा सेन्ट जर्जका शुसान्त कुवर, प्लेयर अफ टुर्नामेन्टमा सगरमाथाका सुजन राइ, उत्कृष्ट गोलरक्षकमा मिलन गीरी,फेयर प्ले टिममा होमबुस राइनोले हात पारेका छन ।

विजेता टिमका खेलाडीहरुलाई न्यु साउथवेल्सका बाणिज्यदुत सन्जिव शर्मा,एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएन आइसीसी सदस्य डील्ली ढकाल, प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोल ,संस्थाका अध्यक्ष चिरन तिवारी, बिष्णु हमाल, एन्फाका अध्यक्ष बिजेन बटाजु लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी बाणिज्युदत सन्जिव शर्माले खेलुकदले समाजलाई जोडनुका साथै अनुशासीत समेत बनाउने हुनाले नेपाली समाजका लागि यो महत्वपुर्ण अवसरका रुपमा रहेको बताए । शर्माले अस्ट्रेलियाका रहेका नेपाली नया पुस्तालाई खेलुकदको माध्यमवाट मुलुकसँंग जोडन सके यसले थप उचाइ पुग्ने समेत बताए । कार्यक्रममा एनआरएन एनएसडब्लुका संयोजक बिनोद कुवर, सचिब कल्याण खड्का लगायतको उपस्थीत रहेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्