SSI SSI
SSI SSI

दिदीबहिनी इभेन्ट्सले अष्ट्रेलियाका विभिन्न शहरमा तीज कार्यक्रम गर्दै 

बुधबार, साउन २३, २०८१


सिड्नी । नेपाली नारीहरुको पवित्र पर्व हरितालिका तीजको अवसर पारेर दिदीबहिनी इभेन्ट्सले अष्ट्रेलियाका विभिन्न सहरमा ‘दिदीबहिनी तीज साँझ-२०२४’ आयोजना गर्ने  भएको छ । तीज कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरु पशुपति शर्मा, कोमल वली, रुविना अधिकारी र  देवी घर्ती आफ्नो  प्रस्तुति दिनेछन् । 
तीज कार्यक्रमका बारेमा नेपाल न्यूजसंग कुरागर्दै दिदीबहिनी इभेन्ट्सकी प्रमुख बिन्दु पौडेलले नेपाली मौलिक तीजका गीत मार्फत् यहाँका नेपाली दिदि बहिनीहरुलाई माइतिको तिर्सना मेटाउने प्रयास स्वरूप कार्यक्रम गरिएको जानकारी दिईन् । 


उनले यहि अगस्ट ३ तारिख मेलबर्नमा भब्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भै सकेको र सिड्नीमा यहि अगस्ट १०,१६ ,१७ र ३१ तारिखमा कार्यक्रम आयोजना गरिएको बताईन । 
 उनका अनुसार  अगस्ट २५, २६, २८, ३० र सेप्टेम्बर १ मा मेलबर्न र पर्थ, अगस्ट २९ मा एडिलेट, अगस्ट २७ मा वागावागा, अगस्ट २४ मा न्यु कासल, मेलबर्न र सिड्नी, अगस्ट २३ होबार्ट तास्मनिया, अगस्ट १९ मा ब्रिस्बेन, अगस्ट २० मा पिचटन, अगस्ट २५ मा मिट्ल्याण्ड , अगस्ट १७ मा मेलबर्न र अगस्ट १८ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्ना प्रस्तुति हुनेछ । बाट  उनीहरुले अस्ट्रेलियाका विभिन्न सहरमा हुने ३० भन्दा बढी कार्यक्रममा सहभागिता जनाउने उनले बताइन् ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्