SSI SSI
SSI SSI

आज  मेलबर्नमा तीज कार्यक्रम हुदै 

शनिबार, साउन १९, २०८१

सिड्नी । नेपाली नारीहरुको पबित्र पर्व हरितालिका तीजको अवसर पारेर  नारी निकुन्ज भिक्टोरिया राज्य समितिले आज मेलबर्नमा बिशेस तीज कार्यक्रम गर्दै छ । मेलबर्नको ब्रुन्स्वीक वेस्ट स्थित इस्टोना हलमा हुने सो कार्यक्रम साँझ ५ बजे देखि सुरु हुनेछ । 


अष्ट्रेलियामा यो बर्षको पहिलो कार्यक्रम गर्ने सस्थाको रुपमा नारि निकुञ्ज भिक्टोरियाले आफ्नो नाम दर्ज गरेको छ । आजको कार्यक्रमको बारेमा नेपाल न्यूजसंग कुरा गर्दै कार्यक्रम संयोजक बिना अधिकारीले कार्यक्रमको तयारी पुरा भएको बताईन् ।  भिक्टोरियामा अरु सामाजिक संग सस्थाले पनि तीज कार्यक्रम राखेको र सकभर धेरैको सहभागिता होओस् भन्ने उद्देस्यले यो कार्यक्रम अगाडी गर्नुपरेको प्रस्ट पारिन । 
अधिकारीका अनुसार यस पटकको तीज कार्यक्रममा आर बी डाइमण्डले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ । आजको कार्यक्रममा नेपालको लोकप्रिय गायीका कोमल ओलीले आफ्नो गीत संगीत प्रस्तुत गर्नेछिन । त्यसैगरी कार्यक्रममा सहभागी चेलीहरुले तीजको गीत गाएर नृत्य प्रस्तुत गर्नेछन् । कार्यक्रममा नेपाली खानाका परिकार को अलवा राफल र गिफ्ट ह्याम्पर राखिएको छ भने डीजे प्रविनले सहभागीहरुलाई म्युजिक मार्फत् मनोरंजन दिने आयोजक सस्थाले जनाएको छ ।  

नारी निकुञ्ज अष्ट्रेलियाले यस बर्षको तीज कार्यक्रम यसरी गर्दैछ । 


 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्