SSI SSI
SSI SSI

 प्रेस काउन्सिल पत्रकारिता पुरस्कार निर्मला शर्मालाई 

 
काठमाण्डौ ।   करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आएकी निर्मला शर्मालाई  प्रेस काउन्सिल पत्रकारिता  पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्धितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्व अध्यक्ष स्व। गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन र उहाँको स्मृतिमा स्थापित यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैया रहेको छ । 
 बिगत २८ बर्ष देखि निरन्तर रुपमा विभिन्न सन्चार माध्यममापत्रकारिता गर्दै आएकी शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोताको रुपमा क्रियाशिल छिन् । दक्षिण एशियाली पत्रकार महिला सन्जाल  नेपालको अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रको उपाध्यायको रुपमा  आफ्नो जिम्मेवारी निर्बाह गर्दै आकी शर्मा र नेपाल पत्रकार महासंघको सल्हाहकार हुन् ।  उनले आफु  सन्चारिका समुहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरुको संख्या बढाउनका लागि तालिम र गुणात्मक बृद्दीका लागी उल्लेखनिय योगदान गरेकी थिइन् । 
काउन्सिलले विंसं २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो भने गत वर्ष यो पुरस्कारबाट अग्रज पत्रकार हरिबहादुर थापा र त्यस अघि काउन्सिलका संस्थापक समेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइराला लाई प्रदान गरिएको थियो । 
प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो महिला पत्रकार भएकी छिन्  । 
राष्टपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने  कार्यक्रम छ । प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसर पारेर यही असोज ६ गते शनिवारयो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहितासहितका पुरस्कार समेत प्रदान गरिनेछ । साथै, पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउनुहुने विभिन्न पत्रकारलाई सम्मान गरेर काउन्सिलले आफ्नो  वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्