SSI SSI
SSI SSI

न्यू साउथ वेल्सका अवैतनिक बाणिज्यदूत, सञ्जीवकुमार शर्माले आफ्नो जिम्मेवारी सम्हाले 

शनिबार, साउन ५, २०८१


सिड्नी । नेपाल सरकारको जुन २१ तारिख शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णयबाट अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको अवैतनिक बाणिज्यदूतमा नियुक्त  भएका सञ्जीवकुमार शर्माले नेपाल र नेपालीको हितका लागी सम्पूर्ण समुदायको ईच्छा,योजना र भिजनहरुसमेतलाई  समेट्दै मेरो मन बचन र कर्मले दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।  


शर्माले यहि जुलाई १७ तारिख बुधवार औपचारिक रुपमा अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको  अवैतनिक बाणिज्यदूतको जिम्मेवारी सम्हालेका हुन्  । क्यानबेरा स्थित नेपाली  राजदुतावासमा आयोजित एक कार्यक्रमका बीच नव नियुक्त अवैतनिक बाणिज्यदूत,शर्मालाई अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाश राज पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा शर्माले नेपाल सरकारले आफुलाई अवैतनिक बाणिज्यदूतको पदिय जिम्मेवारी सुम्पिएकोमा आभार व्यक्त गर्दै पदको गरिमालाई अझ उच्च बनाउन आफुले ईमान्दार र जिम्मेबारीबोधका साथ काम गर्ने बताए ।  बिशेषगरी यहाँका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्ने बिभिन्न कार्यक्रमहरु प्राथमिकतामा राखेर काम गर्ने आफ्नो चाहना रहेको बताउदै शर्माले  बिभिन्न साँस्कृतिक, सामाजिक एवम् खेलकुदसम्बन्धी गतिबिधिहरुमार्फत नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ बनाउन दूतावास र अन्य वाणिज्यदूतहरुसँग सहकार्य गर्ने आफ्नो योजना रहेको उल्लेख गरे । नेपाल र अष्ट्रेलियाबीच बाणिज्य बिस्तार र समुदायको हितलाई केन्द्रमा राखेर गर्न सकिने र गर्नैपर्ने केही कामहरुबारेआफ्ना केही योजनाहरु रहेका र  जुन बिस्तृत रुपमा छिटै सार्बजनिक गरिनेछ ।


 शर्माले बिगतमा जस्तै आगामी दिनमा पनि यहाँको नेपाली समुदायको साथ, सहयोग, हौसला र रचनात्मक सुझावहरु प्राप्त गर्ने बिस्वास राखेका छन् ।  झण्डै ३ दशक लामो अष्ट्रेलिया बसाइको अनुभवसँगै यहाँको स्थानीयदेखी राज्यस्तरसम्मको राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशसंग रहदै आएको निकट सम्बन्ध र  ब्यवसायिक अनि सामाजिक पृस्ठभूमिको नागरिक भएको भएको कारणले पनि आफुलाई  समाजका सबै तह र तप्का, राजनीतिक दल, संघसंस्था र ब्यक्तिहरुसंग सुमधुर सम्बन्ध राखेर काम गर्न सरल र सहज हुने बिश्वास लिएका छन् । 


सोही अवसरमा भिक्टोरियाका लागि नवनियुक्त अवैतनिक बाणिज्यदूत निराजन गौलीलाई पनि राजदुत पोखरेलले नियुक्ति पत्र प्रदान गरेका थिए । 
 दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएका शर्मा अष्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित नाम हो । शालीन र भद्र स्वभावका शर्मा एक्स्पर्ट ग्रुपको संचालक हुन् । नेपाली समाजका हरेक सुख दुखमा सकेको साथ र सहयोग पुर्याउदै आएका संजीव नेपाल र यहाँको नेपाली समुदायको हितका पक्षमा काम गर्दै आफ्नो पदिय जिम्मेवारीलाई ईमान्दारीपूर्वक पुरागर्ने बताउछन् ।
सो अवसरमा राजदुत कैलाश राज पोखरेलले नवनियुक्त अवैतनिक बाणिज्यदूत शर्मा र गौलीलाई सफल कार्यकालको शुभकामना दिदै नेपाल र नेपालीको हक हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बिस्वास व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्