SSI SSI
SSI SSI

 नेपालका  ४५ औँ प्रधानमन्त्रीमा के पी शर्मा ओली  ( फोटो फिचर सहित )

मंगलबार, साउन १, २०८१


नेपाल न्यूज प्रतिनिधी । 
काठमाण्डौ । संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा दोस्रो ठुलो दल नेकपा एमालेका संसदीय दलका नेता  के पी शर्मा ओलीले हिजो (जुलाई १५ तारिख सोमवार ) प्रधानमन्त्रीको पद सम्हालेका छन् । रास्ट्रपति भवन सितल निवासमा सोमवार अपरान्ह सम्पन्न बिषेस समारोहकाबीच नवनियुक्त प्रधानमन्त्री ,उप प्रधानमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनियताको सफत ग्रहण गरेका थिए । ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा ९ नयाँ अनुहार छन् भने १२ पुराना । पुराना मन्त्रीहरूमा दोस्रो पटक जिम्मेवारी पाउनेदेखि पञ्चायतकालदेखि राजकीय जिम्मेवारी पाउँदै १३ औं पटक मन्त्रीमा दोहोरिनेसम्म छन् ।


यसपटक कांग्रेसले प्रकाशमान सिंह र एमालेले विष्णु पौडेल लाई उपप्रधानमन्त्री बनाएका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थ मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।  यसअघि स्थानीय विकास र संघीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका  सिंहले ओली सरकारमा कांग्रेसको नेतृत्व गरेका छन् । २०३० सालमा राजनीतिमा होमिएका सिंह ०३६ सालमा नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष बनेका थिए । ०४६–०५६ सम्म काँग्रेस काठमाडौं जिल्ला सभापति भएका उनी २०५७ मा केन्द्रिय सदस्य निर्वाचित भएका थिए । ०६४, ०७०, ०७४ र ०७९ मा लगातार काठमाडौं–१ बाट निर्वाचित भएका  सिंहले  ०४८ मा काठमाडौं–४ र ०५६ मा काठमाडौं–३ बाट संसदीय निर्वाचनमा पराजय भोगेका थिए । २०६५ सालमा काँग्रेस (प्रजातान्त्रिक)को उपसभापति बनेका  सिंह ०६७ मा काँग्रेस महामन्त्रीमा  निर्वाचित भएका थिए  ।


एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् ।  ७औँ पटक मन्त्री बनेका पौडेल २०५३ मा पहिलोपटक युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने । अर्थमन्त्रीका रूपमा भने पौडेलको यो पाँचौँ कार्यकाल हो उनी २०७२ , २०७७ , २०७८ र २०७९ मा अर्थमन्त्री बनेका थिए  । २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका पौडेल २०३५ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (मार्क्सवादी–लेनिनवादी)को सदस्य भएका थिए । उनी  २०४१ सालदेखि जिल्ला कमिटी सचिव नेकपा (माले), २०४७ मा एमालेको केन्द्रीय सदस्य ,२०५९ देखि स्थायी कमिटी सदस्य बने । ०७१ सालमा एमालेका नवौँ महाधिवेशनबाट उपमहासचिव भए । ०७५ मा  नेकपाको महासचिव बनेका थिए । पौडेल २०५१ को संसदीय चुनाव, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा निर्वाचित भएका थिए । २०७४ र ०७९ को निर्वाचनमा रुपन्देही–२ बाट निर्वाचित भएका थिए ।
त्यसैगरी, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । २०३३ सालबाट राजनीतिमा होमिएका गुरुङ एमालेको सातौँ महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका थिए । ०६५ को आठौँ महाधिवेशबाट पोलिट ब्युरो सदस्य भए । ०७१ को नवौँ महाधिवेशनबाट पार्टी सचिव बनेका थिए । उनी संविधानसभा सदस्य हुन् । उनी ०६४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए ।


नेपाली काँग्रेसका सांसद रमेश लेखक गृहमन्त्री बनेका छन् । ०४६ सालको जन आन्दोलसँगै सक्रिय राजनीतिमा होमिएका लेखक ०५६ सालमा पहिलोपटक कञ्चनपुर–४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी ०६४ र ०७० को संविधानसभा सदस्य बनेका थिए । उनले श्रम राज्यमन्त्री, भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी सम्मालिसकेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनी १७औँपटक मन्त्री बनेका भण्डारी  २०३८ र ०४३ मा राष्ट्रिय पञ्चायत सदस्य थिए । उनले २०४८, ०५१, ०५६, ०६४, ०७०, ७४, ०७९ को निर्वाचन जितेर लगातार मन्त्री बन्दै आएका छन् । उनी ०४५ सालमा वाणिज्य राज्यमन्त्री भएका थिए । ०५२ मा मन्त्री भएका थिए । विभिन्न कालखण्डमा उनी मन्त्री बन्दै आएका छन् । 
पहिलोपटक मन्त्री बनेकी नेपाली काँग्रेसकी सांसद आरजु डा. आरजु राणा देउवा  ओली मन्त्रिपरिषद्मा  परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणा ०७९ को निर्वाचनमा समानुपातिक सांसद् बनेकी हुन् । सांसद बनेपछि कृषि समितिको सभापतिको जिम्मेवारी पाएकी आरजु पहिलोपटक सोमबार मन्त्री बनेकी हुन् । उनी ०६४ र ०७० को संविधानसभा सदस्य हुन् । 
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।  दोस्रोपटक मन्त्री बनेका यादव  पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । 


 भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा दोहोरिएका बलराम अधिकारी ०३४ सालबाट राजनीतिमा होमिएका हुन् । ०४२ मा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य बनेका उनि २०५० देखि २०७९ सम्म जिल्ला पार्टी प्रमुख, २०७० देखि २०७७ सम्म अञ्चल प्रदेश कमिटीमा आबद्ध भएका थिए । ०७८ देखि केन्द्रिय सदस्य कपिलवस्तु इन्चार्ज बनेका थिए ।  ०७० मा संविधान सभा सदस्य निर्वाचित भएका अधिकारी २०७९ मा प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
 उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तेस्रोपटक मन्त्री बनेका छन् । ०४६ बाट राजनीतिमा होमिएका बैतडीका भण्डारी अनेरास्ववियु जिल्ला अध्यक्ष भएका थिए । २०४९ सालमा (एमाले) जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला उपसचिव भएका थिए । भण्डारीले एमाले जिल्ला अध्यक्ष हुँदै (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । ०७९ को निर्वाचनमा बैतडी–१ बाट निर्वाचित भएका भण्डारी त्यसयता एमाले सरकारमा हुँदा लगातार मन्त्री भएका छन् । उनी ०७९ पुस ११ गते मन्त्री बनेका थिए । त्यस्तै, फेरि एमाले माओवादी गठबन्धन बनेपछि गएको फागुनमा उद्योग मन्त्री बनेका थिए । भण्डारी ०७० र ७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी यसअघि ०७३ सालमा अर्थराज्यमन्त्री बनेका थिए ।
  महिला बालबालिका तथा समाजकल्याणमन्त्री  नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनेका छन् ।  ०७९ को निर्वाचनमा सप्तरी–१ बाट निर्वाचित साह ०८० फागुन २७ गते वनमन्त्री बनेका थिए । उनी ०७४ को निर्वाचनमा सप्तरी–१ को खबाट प्रदेशसभा सदस्य बनेका थिए ।  
 भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले  –२०३६ मा तत्कालीन मालेबाट राजनीति सुरु गरेका हुन् । राष्ट्रियसभा सदस्य दाहाल  ०५३ मा एमाले झापा जिल्ला सचिव को जिम्मेवारी सम्हालेका थिए । 
  २०७३ मा खेलकुद राज्यमन्त्रीको जिम्मेवारी पाएका तेजुलाल चौधरी अहिले युवा तथा खेलकुद मन्त्री खेलकुदमन्त्री बनेका छन् । २०७० को दोस्रो संविधानसभा सदस्य चौधरी ०७४ मा पनि उनी निर्वाचित भएका थिए । ०६४ सालबाट नेपाली कांग्रेसको महासमिति सदस्य भएका थारू कल्याणकारिणी सभा र थारू विद्यार्थी समाजको केन्द्रिय सल्लाहकार हुन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका प्रदीप पौडेल नेपाली कांग्रेसका तर्फबाट २०७९ को निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित सांसद हुन् ।  पहिलोपटक मन्त्री बनेका पौडेल ०४६ सालको आन्दोलदेखि  राजनीतिमा सक्रिय भएका हुन् । उनि  ०५३ मा अमृत साइन्स क्याम्पसको स्ववियु सभापति र  ०६४ मा नेविसंघको केन्द्रिय सभापति बने । उनी ०७० देखि निरन्तर काँग्रेस केन्द्रिय सदस्य छन् ।
 अजय चौरासिया, कानून मन्त्री –पर्सा–२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजय चौरासिया कानून न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसका केन्द्रीय सदस्य चौरासिया ०५६ सालमा प्रतिनिधि सभामा पर्सा–२ बाट निर्वाचित भएका थिए । उनी २०५८ सालमा स्थानीय विकास सहायकमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभा एवम् अन्तरिम व्यवस्थापिका संसदको सदस्य भए । पहिलो संविधानसभा सदस्य निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए । दोस्रो जनआन्दोलनमा पटकपटक थुनामा परेका थिए । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे पहिलोपटक मन्त्री बनेका हुन् । ०५० मा नेविसंघ बाजुरा बाजुरा जिल्ला अध्यक्ष भएका पाण्डे  ०५३ मा बाल्मिकी क्याम्पसको स्ववियू सभापति,२०५४ सालमा स्ववियू परिषद् अध्यक्ष, ०५६ सालमा केन्द्रीय सदस्य नेविसंघ, २०५७ सालमा सहमहामन्त्रीको जिम्मेवारी पाएका थिए  ।  २०७० सालमा संविधान सभा सदस्य बनेका उनि  २०७४ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए । ०७९ मा बाजुरा क्षेत्र–१ मा निर्वाचित भएका हुन् । 
नेपाली काँग्रेस धादिङ सभापति समेत रहेका सांसद रामनाथ अधिकारी पहिलोपटक कृषीमन्त्री बनेका छन्  । ०५६ र २०७९ को आमनिर्वाचनमा  धादिङ नम्बर–२ बाट निर्वाचित भएका थिए । ०५४ देखि ०७२ सालसम्म काँग्रेस धादिङको सभापति बनेका अधिकारी ०७८ पुनः सभापति बनेका थिए ।
  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी विद्या भट्टराई ०४७ सालदेखि राजनीतिक दलमा आबद्ध भएकी  हुन् ।  ०५५ सालमा अनेरास्ववियुको केन्द्रिय सचिव भएकी भट्टराई  एमाले केन्द्रिय कमिटी सदस्यसमेत हुन् । पति  रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संसदीय राजीतिमा होमिएकी भट्टराई अधिकारीको निधनपछि रिक्त स्थानमा ०७६ मा भएको उपनिर्वाचनबाट सांसद बनिन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी हुन् ।  
२०४२ सालबाट राजनीति दलमा आबद्ध भएका मानवीर राई लाई रक्षामन्त्री को जिम्मेवारी दिइएको छ । ०५४ मा जिल्ला विकास समिति सदस्य बनेका राई  त्यसपछि दुर्गम क्षेत्र विकास समिति सदस्य हुँदै दलीय जिम्मेवारीमा  आबद्ध रहे । एमाले केन्द्रिय सदस्य समेत रहेका राई ०७९ को निर्वाचनमा सोलुखुम्बु क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाएका काँग्रेस सांसद दीपक खड्का संखुवासभा क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् ।  उनले ०७३ मा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा स्वास्थ्य राज्यमन्त्री बनेका थिए । उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ०७२ मा संखुवासभा–२ बाट निर्वाचित भएका थिए ।  
एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा समान्य प्रशासनमन्त्री बनेका छन् । ०३४ सालबाट राजनीतिमा होमिएका  गुप्ता  अखिल, युवासंघमा आबद्ध हुँदै ०६७ सालमा पार्टीको क्षेत्रीय अध्यक्ष बनेका थिए । ०७० सालमा संविधानसभा सदस्य बनेका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए । ऐनबहादुर शाही, वन तथा वातावरण मन्त्री –वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाहीले पाएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । मुगु–१ बाट निर्वाचित भएका शाही ०४३ सालबाट राजनीतिक दलमा आबद्ध भएका हुन् ।  शाही विभिन्न समयमा काँग्रेसको मुगु सभापतिको जिम्मेवारीमा रहे ।

ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेस र एमालेबाट एक/एक जना गरी दुई महिलाले मात्र जिम्मेवारी पाएका छन् । यो मन्त्रिपरिषद्को ९ प्रतिशत मात्र हो । कांग्रेसबाट आरजु राणाले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएकी छन् भने एमालेबाट विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन् । यी दुवै सांसद पहिलो पटक मन्त्री बनेका हुन् । यो पल्ट नयाँ मन्त्री बन्नेहरूमा कांग्रेसबाट परराष्ट्रमन्त्री राणा, वनमन्त्री ऐनबहादुर शाही, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र कृषिमन्त्री रामनाथ अधिकारी हुन् ।
लोसपाका शरतसिंह भण्डारी भने २० औं पटक मन्त्री बनेका छन् । उनी पञ्चायत, राजतन्त्र र गणतन्त्रमा दल बदल्दै, मन्त्री बन्दै आएका छन् । ६९ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा २० औं पटक मन्त्री बनेका हुन् । उनी पहिलो पटक २०४३ मा पञ्चायतको राज्यमन्त्री बनेर सिंहदरबार छिरेका थिए ।

एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णु पौडेल आठौं पटक मन्त्री बनेका छन् । एमालेको उपाध्यक्षसमेत रहेका उनको अर्थमन्त्रीका रूपमा पाँचौं कार्यकाल हो । ओली नेतृत्वको सरकारमा एकै जिल्ला पर्साबाट तीन मन्त्री बनेका छन् । जसपा, कांग्रेस र एमालेका पर्साबाट निर्वाचित सांसदहरू मन्त्री बनेका हुन् । जसपाका प्रदीप यादव, कांग्रेसका अजयकुमार चौरसिया र एमालेका राजकुमार गुप्ता मन्त्री बनेका हुन् । 
 भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिलेसम्म नेपालमा ३८ जना  व्यक्तिहरु प्रधानमन्त्री बनेका छन् । ओली यसअघि असोज २०७२ देखि साउन २०७३ सम्म , दोस्रो पटकफागुन २०७४ देखि वैशाख २०७८ सम्म र तेस्रो पटक वैशाख २०७८ देखि असार २०७८ सम्म गरि तिन पटक प्रधानमन्त्री नियुक्त भइसकेका थिए । यो नियुक्तिसँगै ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्