SSI SSI
SSI SSI

कल्चरल पर्सपेक्टिभसको माल्टिलिंगुअल इन्फर्मेसन एक्सेस सेवा सुरू

सोमबार, असार १७, २०८१

कल्चरल पर्सपेक्टिभस् (Cultural Perspective) ले विविध सांस्कृतिक तथा भाषिक पृष्ठभूमिका अशक्तता भएका व्यक्तिहरू, उनीहरूका हेरचाहकर्ता र समुदायहरूको लागि उपयोगी वेवसाइट सञ्चालनमा ल्याएको छ। 

माल्टिलिंगुअल इन्फर्मेसन एक्सेस (Multilingual Information Access (MiAccess)  साइटमा आवश्यक सम्पूर्ण सामाग्रीहरू अनुवादित गरेर एकै ठाउँमा राखेको छ।

यसले आफ्नो पहिलो भाषा अंग्रेजी नभएका व्यक्तिको लागि NDIS मा पहुँचको सहायता गर्छ। हेर्नुहोस् वेवसाइट

पछिल्ला प्रतिवेदनहरूले देखाएअनुसार ९० प्रतिशतभन्दा बढि वृद्ध अष्ट्रेलियालीहरू आवासीय वृद्ध हेरचाह सेवा केन्द्रहरूमा जानुको सट्टा आफ्नै घरमा बस्न चाहन्छन्। फलस्वरूप अष्ट्रेलियाभर मानिसहरूलाई होम केयर वर्कफोर्समा सामेल हुने बढ्दो मागलाई जन्म दिएको छ।

सेटलमेन्ट सर्भिसेस इन्टरनेसनल (Settlement Services International; SSI) ले न्यू साउथ वेल्स (NSW) र अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) मा सरकारद्वारा वित्त पोषित होम केयर वर्कफोर्स सहायता कार्यक्रम (Home Care Workforce Support Program; HCWSP) प्रदान गरिरहेको छ।

होम केयर वर्कफोर्स सहायता कार्यक्रम किन?

होम केयरको कामले एक स्थिर रोजगारी प्रदान गर्दछ जुन अर्थपूर्ण छ र  ग्राहकहरूद्वारा निकै सराहना गरिन्छ। यस काममा कार्यसमयमा लचकता छ र सिड्नी तथा NSW भरिका झण्डै प्रत्येक सबअर्वमा यो आवश्यक छ। HCWSP ले नयाँ कामदारहरूको लागि प्रत्येक कदममा सहायता प्रदान गर्दछ; तपाईंलाई शिक्षा प्रदायकहरूसँग र कार्यस्थलथत प्रशिक्षणसँग जोड्नेदेखि लिएर तपाईंलाई अन्तर्वातादेखि रोजगारदाताहरूसँग परिचय गराउनेसम्म सबै मद्दत गर्दछ।

सहभागीका लागि SSI को सहायता  

होम केयर वर्कफोर्स सहायता कार्यक्रममा सामेल हुन सजिलो छ। QR कोडमा क्लिक गर्नुहोस् र HCWSP प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नका लागि आफ्नो विवरणहरू उपलब्ध गराउनुहोस्‌। तपाईं कार्यक्रममा दर्ता भएपछि तपाईंले होम केयरमा क्यारियर बनाउन मद्दत गर्ने विभिन्न प्रकारका सहायताहरू प्राप्त गर्नुहुन्छ। SSI ले तपाईंलाई निम्न तरिकाहरूबाट मद्दत गर्न सक्छ:

     

केयर क्यारियर पासपोर्ट

यो कार्यक्रम अन्तर्गत तपाईंले वृद्ध हेरचाह उद्योगका विशेषज्ञहरू र रजिष्टर्ड तालिम प्रदायकहरू (RTO) को संयोजनमा विकास गरिएको केयर क्यारियर पासपोर्ट प्राप्त गर्नुहुन्छ, जसले तपाईंलाई होम केयरमा तपाईंको सफल क्यारियर निर्माण गर्न र उल्लेख गर्न मद्दत गर्छ। पासपोर्टले तपाईं वृद्ध हेरचाहकर्ता भएपछि पनि तपाईंलाई तपाईंको यात्राभरि मार्गदर्शन गर्दछ। यसले तपाईंलाई सम्भावित रोजगारदाताहरूलाई देखाउन पेशागत कागजात प्रदान गर्दछ जसले हेरचाहकर्ताको रूपमा तपाईंको बढ्दो सीप तथा योग्यताहरू प्रदर्शन गर्दछ।

भर्ना सहायता कार्यक्रमहरूको घोषणा  

SSI ले होम केयर हेरचाहकर्ता बन्न इच्छुक व्यक्तिहरूलाई सहायता गर्न लक्षित कार्यक्रमहरूको एक श्रृंखला पनि चलाइरहेको छ। तपाईंको नजिकको कार्यक्रम खोज्न SSI event page मा जानुहोस्‌। यदि तपाईं कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने कृपया QR कोड प्रयोग गरी कार्यक्रमसँग सम्पर्कमा रहनुहोस् वा सूचीबद्ध
कार्यक्रममा आउनुहोस्।   

कार्यक्रममा सहभागी हुन वा थप जानकारीको लागि SSI को आधिकारिक वेबसाइट www.ssi.org.au/homecare मा जानुहोस्।

तपाईंले Homecare पेजको तल रहेको च्याट आइकन (chat icon) मा क्लिक गरेर आफ्नो भाषामा HCWSP प्रतिनिधिलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्