SSI SSI
SSI SSI

सिड्नीमा "मायाँ लाउञ्ज " आज देखि पूर्णरुपमा संचालनमा 

शुक्रबार, असार १४, २०८१

 

सिड्नी । नेपाली युवा ब्यबसायीहरुको लगानीमा सिड्नीमा खोलिएको "मायाँ लाउञ्ज " आज (जुन २८ तारिख ) बाट पूर्णरुपमा संचालनमा आएको छ । सिड्नीको मुटु टाउनहलमा खोलिएको "मायाँ लाउञ्ज " ३५० पिट स्ट्रिट मा रहेको छ । यो स्थान टाउनहल र म्युजियम स्टेसनको बिचमा अवस्थित छ ।

दुई बर्ष अगाडीदेखि नै संचालनमा ल्याउन प्रयासमा रहेका ब्यबसायीहरुले काउन्सिलको लामो प्रक्रिया पुरागर्न सोचे भन्दा धेरै समय लागेकोले संचालनमा ढिलाई भएको "मायाँ लाउञ्ज" का अपरेसनल म्यानेजर सिद्धार्थ पौडेलले बताए । नेपाल न्यूज सँगको कुराकानीमा उनले भने - सिड्नीको ब्यस्त दैनिकीलाई मस्त बनाउन लाउञ्ज उपयुक्त स्थल हुने छ । 


करिव ३ सय जनाको क्षमता रहेको सो "मायाँ लाउञ्ज " को डेकोरेशन मायाँ र प्रेम अनि आत्मियता झल्किने गरि तयार गरिएको छ । ग्राहकहरुको ईच्छा र चाहनालाई प्राथमिकतामा राखेर हरेक साँझलाई मनोरन्जनात्मक र सम्झनायोग्य बनाउन हप्ताको सातै दिन कलाकारहरुले गीत संगीत प्रस्तुत गर्ने छन् ।

हाल नेपाली साँगितिक ब्याण्डले आफ्नो प्रस्तुति दिनेछ भने भविष्यमा फिलिपिनो र थाई साँगितिक ब्याण्डले आफ्नो प्रस्तुति दिने बताइएको छ । 
"मायाँ लाउञ्ज "मा बर्थडे ,एनिभर्सरी लगायत  उत्सव र दिनहरुमा ग्राहकहरुलाई बिशेस छुट र सहुलियत दिनेगरी स्पेसल प्याकेज समेत ल्याइएको छ । 


जुन ३ तारिख सोमवार नेपालका बरिस्ठ हास्यकलाकारद्वय  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट "मायाँ लाउञ्ज " को एक बिशेस कार्यक्रमकाबीच उद्घाटन भएको थियो । तिन मिलियन अष्ट्रेलियन डलर लगानीमा संचालनमा आएको "मायाँ लाउञ्ज "मा व्यवसायीहरु राम श्रेष्ठ र सिद्धार्थ पौडेलको मुख्य लगानी रहेको छ । 


हप्ताको सातै दिन अपरान्ह ४ बजे देखि मध्यरात १२ बजे सम्म मायाँ लाउञ्जमा बसेर स्वदेशी तथा बिदेशी मदिराको चुस्की र स्वादिस्ठ परिकारको स्वाद लिदै मायाँ पिरतीको बात मार्न जाने होइन त ? 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्