सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बौद्धधर्म अनुसार यान तिन प्रकारका छन्। १. श्रावकयान, २. प्रत्यकबुद्धयान, ३. महायान (बोधिसत्त्वयान)। साधारण जन मानसमा यानको अर्थ जे लाग्छ त्यहि अर्थ बौद्धधर्म अनुसारको तिन यानमा लगाउन सकिन्छ। यानको कामनै यात्रिलाई कतै पुर्याउनु हो। गन्तव्य तिन हुन्छन्:- अर्हत, प्रत्यकबुद्ध, सम्यक संबुद्ध र कुन गन्तव्यमा पुग्ने हो त्यहि अनुसारको यान समात्ने हो अभ्यासिले। श्रावकयानबाट अर्हत बन्ने लक्ष्य पुराहुन्छ, प्रत्यकयानको अभ्यास गरे प्रत्यकबुद्ध बनिन्छ र बोधिसत्त्वयान समाते सम्यक संबोधि लाभ हुन्छ अर्थात बुद्ध बनिन्छ।
यी तिनयानको मार्ग कस्तो छ
सबै यानले हिड्ने मार्ग पाच प्रकारको छ। यी पञ्च मार्गहरू हुन्:- संभारमार्ग, प्रयोगमार्ग, दर्शनमार्ग, भावनामार्ग र अशैक्षमार्ग। संभारमार्गमा पुण्यको संभार गर्ने काम हुन्छ। अर्थात् अनित्य अनात्मा शून्यताको शिक्षा श्रवण गर्ने, चिन्तन मनन गर्ने काम हुन्छ, ध्यान/समाधि लाभ गर्ने काम हुन्छ। श्रावकयानिहरूले यो पुण्य र ज्ञान संकलन गर्ने काम न्युनतम तिन जन्म लगाएर गर्छन्, प्रत्यकबुद्धयानिहरू १०० कल्पसम्म पुण्य संकलन गर्छन् भने महायानि ३ असख्यकल्पको पुण्य र ज्ञान संकल्न गर्छन्।
आवरण कति प्रकारका छन्?
- क्लेश आवरण र ज्ञे आवरण गरेर आवरण दुइ प्रकारका हुन्छन्। आवरण भनेको आखामा लागेको फुरो जस्तो हो, चित्तरूपि आकाशमा मडारिएको बादल जस्तो हो जस्ले "जे को त्यहि" देख्न दिदैन। अर्थात देखेको कुरामा या त हामी आफ्नो तर्फबाट थपेर देख्छौ या केहि घटाएर।
- क्लेश आवरणको मुलनै स्वतन्त्र नित्य आत्माको भ्रम हो जस्ले प्रियलाई काखा, अप्रियलाई पाखा र अपरिचित प्रति मतलब नराख्ने बनाउछ। रिस, राग, घमण्ड, ईर्ष्या, लोभ आदि क्लेशले भरिएको चित्तलाई नै क्लेश आवरण लागेको चित्त भनिएको हो। अर्हत र बुद्धमा यो आवरण हटेको हुन्छ, पृथकजनमा हटेको हुदैन।
- ज्ञे आवरण भनेको बाहिरी बस्तुहरूको स्वभाव शून्यता देख्नबाट बन्चित पारेको अज्ञानता हो। पृथकजन लगाएत आर्हतमा यो हटेको हुदैन। एक सम्यक संबुद्धमात्र यो आवरणबाट रहित हुन्छन्।
ज्ञान कति प्रकारका छन्?
ज्ञान दुई प्रकारका हुन्छन्। पुद्गलनैरात्म्य र धर्मनैरात्म्य। क्लेशावरण हटेका अर्हतमा पुद्गलनैरात्म्यको ज्ञान हुन्छ तर धर्मनैरात्म्यको पुर्ण ज्ञान एक सम्यक सम्बुद्ध बाहेक कसैमा हुदैन। पृथकजनमा यी दुवै ज्ञान हुदैन , आफुलाई जति सुकै पढेलेखेको मान्नुस् । तपाईका सबै degree हरू यहि सॅंसारिक ज्ञान मात्र हुन्।
आफुमा आत्मा नरहेको निर्विकल्प साक्षात्कार हुनु पुद्गलनैरात्म्यको ज्ञान हो भने आफु लगाएत आफुले भोगेका बाहिरी जगतको स्वभाव शून्यताको निर्विकल्प ज्ञानलाई धर्मनैरात्म्य भनिन्छ।
श्रावकयानि र महायानिको अभ्यासमा कस्तो भेद हुन्छ?
- श्रावकयान अन्तर्गतका अभ्यासिहरूले चार आर्य सत्यको १६ पक्षहरूको ज्ञानको संभार गर्छन् पहिला र त्यहि ज्ञानको प्रयोग गरेर अर्थात समाधिमा रहेर ती पक्षहरूको निर्विकल्प दर्शन गर्छन् र दर्शनमार्ग हुदै भावना मार्गमा छिरेर अर्हतपद प्राप्त गर्छन्। अर्हतमा अभ्यासले गर्दा सत्कायदृष्टि, विचिकित्सा, शीलव्रतपरामर्श लगाएतका दश संयोजनहरू प्रहाण भएको हुन्छन् र यस्को लागि न्युनतम तिन जन्म लाग्छ भन्ने भनाई छ।
- महायानिहरूले पनि माथि बताएको नै अभ्यास गरेर पुद्गलनैरात्म्यको साक्षात्कार गर्छन् र अर्हतको स्तरमा पुगेका हुन्छन् तर उनिहरू त्यहि अड्किदैनन्। त्यहाबाट अगाडि बढेर धर्मनैरात्म्यको साक्षात्कार गर्न सर्वधर्म शून्यताको अभ्यास गर्छन्। ३ असख्य कल्पको पुण्य र ज्ञान संभार गर्नु पर्छ धर्मनैरात्म्यको ज्ञान आर्जन गरेर सम्यक संबुद्ध बन्न।
- श्रावकयानमा क्लेशको प्रहाण गर्न क्लेश बढाउने कुराहरूको त्याग गरिन्छ भने महायानमा त्यागको साथसाथै बोधिचित्तकोपनि अभ्यास गरिन्छ जस्ले गर्दा बोधिसत्त्वहरू सत्त्वहरूलाई ज्ञानको बाटो देखाउन काम धातुमा जन्मपनि लिइराख्छन् तर काम धातुको क्लेशरूपि हिलोमा कमलको फुलजस्तो हिलोले अलिप्त भएर रहेका हुन्छन् ।
एक बोधिसत्त्वमा हुने यो गुण प्राप्त गर्न महायानमा दश पारमिताको अभ्यास गरिन्छ, सम्पुर्ण मातृ सत्त्वलाई दु:ख मुक्त पार्न मलाई बोधिलाभ होस् भन्ने संकल्प लिएर अभ्यास शुरू गरिन्छ, अभ्यास बाट प्राप्त भएको पुण्यलाई आफ्नो संकल्प पुरा होस् भनेर परिणामना गरिन्छ, चतुरब्रम्हा विहार गरिन्छ, बुद्ध/बोधिसत्त्वहरूको पुजा/साधना गरिन्छ ताकि आफुले पहिले गरेका अकुशल कर्महरूको असर कम होस्, सबैले गरेका पुण्यहरूको अनुमोदना गरिन्छ ताकि आफ्नो चित्तमा कुशलकर्मको प्रभाव बढोस् जस्ले गर्दा दुवै प्रकारको ज्ञानको चित्तमा उदय होस् र बढ्दै जाओस् र अरूलाई पनि यो बाटोमा डोराउन सकियोस् ।
भवतु सर्व मॅंगलम्
All reactions:
3131