SSI SSI
SSI SSI

एनएसडब्लु राज्यको नेपाली महाबाणिज्यदुतमा संजीवकुमार शर्मा  नियुक्त

शनिबार, असार ८, २०८१


सिड्नी । नेपाल सरकारको जुन २१ तारिख शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि संजीवकुमार शर्मालाई महाबाणिज्यदूत नियुक्त गरेको छ ।  दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएका शर्मा अष्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित नाम हो । शालीन र भद्र स्वभावका शर्मा एक्स्पर्ट ग्रुपको संचालक हुन् । नेपाली समाजका हरेक सुख दुखमा सकेको साथ र सहयोग पुर्याउदै आएका संजीव नेपाल र यहाँको नेपाली समुदायको हितका पक्षमा काम गर्दै आफ्नो पदिय जिम्मेवारीलाई ईमान्दारीपूर्वक पुरागर्ने बताउछन् ।

आफ्नो नियुक्ति पछि नेपाल न्यूज संगको कुराकानीमा शर्माले  यहाँका नेपालीहरुले भोग्दै आएका समस्याहरुको बारेमा आफु परिचित रहेको बताउदै यहाँको नेपाली समुदायसंगको साथ ,सहयोग र सहकार्यबाट ती समस्याको दीर्घकालीन समाधानको बाटो खोजिने उल्लेख गरे । 
त्यसैगरी मन्त्रिपरिषद्को सो बैठकले भिक्टोरिया राज्यको लागी नेपाली महाबाणिज्यदूतमा निराजन गौली लाई नियुक्त गरेको छ ।

सामाजिक अभियानमा अग्रपंतिमा रहदै आएका गौलीले मेलबर्नलाई आफ्नो कर्मथलो बनाउदै आएका छन् । 
बैठकले भारत लगायत बिभिन्न मुलुकका लागि राजदुत का लागि विभिन्न व्यक्तित्व हरुको नाम सिफारिस समेत गरेको छ । जसअनुसार भारतका लागि  लोकदर्शन रेग्मी ,अमेरिकाका लागि चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खानलाई सिफारिस गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्