SSI SSI
SSI SSI

एनआरएनए अष्ट्रेलियाले सिड्नीमा आफ्नै कार्यालय स्थापना गर्यो 

शुक्रबार, जेठ ३२, २०८१


सिड्नी । अनन्त प्रयास र लामो पर्खाईका बावजुद एनआरएनए अष्ट्रेलिया यहि जुन १३ तारिख देखि आफ्नै कार्यालयबाट संचालनमा आएको छ । आफ्नो स्थापनाकाल ( सन् २००५ ) देखि झोलामा र एउटा लकरमा थन्किदै आएको गैरआवासिय नेपालीहरुको सबैभन्दा ठुलो सस्था एनआरएनए अष्ट्रेलियाको यो भौतिक सम्पत्तिको जोहो गर्न  बिगतमा  सस्थाको नेतृत्व सम्हालेका अग्रज ,शुभचिन्तक र बर्तमान कार्यसमितिको ठुलो योगदान रहेको वास्तविकतालाई कसैले बिर्सन सक्दैन । 


सिड्नीको मेरिल्याण्ड्सस्थित ८ म्यक फ़रलेन स्ट्रिट स्वीट ४ मा रहेको सो कार्यालयको हिजो (१३ जुन बिहिवार)  न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच उद्घाटन गरे ।   उद्घाटन समारोहमा बोल्दै  प्रिमियर मिन्सले अष्ट्रेलियामा नेपालीहरुको संख्या बढे संगै नेपाली सामुदायिक गतिविधिहरु बढ्दै जानु हामि सबैको लागि खुशीको कुरा भएको र नेपाली समुदायको हक हितका लागि सरकार सदैव लागिपर्ने उल्लेख गरे । उनले नेपालीहरु काममा ईमान्दारी र जिम्मेवार हुने गरेको आफ्नो अनुभव रहेको बताए । 


अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले यहाँ का नेपाली समुदायमा  बेलाबेलामा आईपर्ने समस्या समाधानका लागी एनआरएनए अष्ट्रेलियाले राजदुतावाससँग गर्दै आएको सहकार्य प्रसंसनिय रहेको बताउदै नेपालीको दुख सुखको साथि एनआरएनए अष्ट्रेलियाको आफ्नै कार्यालय स्थापना गर्न सक्नु सबैको लागि गर्व र खुशीको बिषय भएको उल्लेख गरे । 


एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सबैको साथ, सहयोग र प्रेरणाले हामि आजको दिनमा आईपुग्न सकेको बताउदै सस्थालाई यहाँसम्म ल्याउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले सन् २००५ देखी झोलामा रहेको सस्थालाई आफ्नै कार्यालयसम्म पुर्याउन धेरै जनाको धेरै साथ र  योगदान रहेको बताउदै त्यो साथ  र योगदानलाई कसैले बिर्सन नहुने उल्लेख गरे । अध्यक्ष पोखरेलले सस्थाको आफ्नै कार्यालय स्थापना भएपछि यो सस्थाप्रती अझ बिस्वास र भरोसा बढ्ने बताउदै नेपाली समुदायका हरेक गतिविधिहरुमा सस्थाले आफ्नो भूमिका र जिम्मेवारी पुरागर्ने प्रस्ट पारे ।


शुभकामना मन्तव्य दिदै  एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्षहरु मन केसी, गोवा कटवाल, ध्रुव सुवेदी, गणेश केसी, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, टोनु घोताने र केशव कँडेलले लामो ईतिहास बोकेको सस्थाको आफ्नै कार्यालय स्थापना भएपछि हामि सबैलाई गर्वको महसुस भएको बताउदै सस्थालाई अझ संगठित र बिस्तार गर्दै सबैलाई अपनत्व महसुस गराउने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । 
सस्थाको सस्थापक अध्यक्ष मन केसीदेखि बर्तमान अध्यक्ष अनिल पोखरेलसम्म आईपुग्दा यो सस्थाले यहाका नेपालीहरुको पक्षमा सामाजिक र कल्याणकारी कार्य मात्र गरेको छैन ,नेपालमा बेला बेलामा आई परेका राष्ट्रिय आपद विपदमा समेत सक्दो साथ र सहयोग पुर्याउदै आएको छ । त्यसैले त यो सस्था हामि सबैको साझा र दुख सुखको साथि बन्न सकेको छ । हरेक सस्थाका आफ्नै उद्देस्य ,लक्ष्य र  गन्तब्य हुन्छ । आफ्नो लक्ष्य ,उद्देस्य  र गन्तब्यलाई पुरा गर्न अर्जुनदृस्टी लगाएर काम गर्ने क्षमता राख्ने नेतृत्व पाउनु हरेक सस्थाका लागि गौरवको बिषय हो । 


एनआरएनए अष्ट्रेलिया अवदेखि आफ्नै स्वामित्वमा रहेको कार्यालयबाट संचालन हुने भयो भन्ने शुभ खवर पाउदा यहाँका सबै एनआरएनहरुको छाती चौडा बनेको छ । त्यसका लागि स्थापनाकालदेखि अहिलेसम्मका एनआरएनए अष्ट्रेलियामा नेतृत्वदायी भूमिका खेलेका अभियन्ताहरु धन्यबादका पात्र बनेका छन् । 
कार्यालय भवन खरिदका लागि एनएसडब्लू राज्य सरकारबाट २ लाख १० हजार डलर सरकारी अनुदान प्राप्त भएको थियो । त्यसैगरि आईसीसी लेबीबाट ५५ हजार डलर ,एनआरएनए एनसीसी अष्ट्रेलियाबाट २ लाख २३ हजार ७ सय २ डलर ६१ सेन्ट र फ़ाईनान्सियल ईण्टिच्युसनबाट छोटो अबधिको लागि १ लाख ऋण सहित जम्मा ५ लाख ८८ हजार ७ सय २ डलर ६१ सेन्टमा सो कार्यालयको खरिद गरिएको हो । 


सो अवसरमा अध्यक्ष अनिल पोखरेलले न्यू साउथ वेल्स राज्य संयोजक विनोद कुँवर र नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चपागाईंलाई कार्यालय भवनको साँचो हस्तान्तरण गरेका थिए । कार्यालयमा आफ्नै बोर्डरुमका साथै ५० जना क्षमताको हल रहेको छ । सो भवन एनआरएनए अष्ट्रेलियाको प्रशासनिक कार्यका लागि प्रयोजनमा ल्याईनुका साथै  नेपाली भाषाको कक्षा, नृत्य कक्षाका साथै विभिन्न सामूदायिक संघ संस्थाले कार्यक्रम गर्न सक्नेछन् । कार्यालय उद्घाटन कार्यक्रमको सञ्चालन एनआरएन न्यू साउथ वेल्सका सचिव कल्याण खड्काले गरेका थिए । 

कार्यालय खरिदका लागि जुटाइएको श्रोत विवरण यस्तो छ –

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्