SSI SSI
SSI SSI

साउथ वेष्ट नेप्लिज कम्यूनिटीले सिड्नीमा भेटघाट तथा बार्बिक्यू कार्यक्रम गर्यो 

सोमबार, जेठ २८, २०८१

 

सिड्नी । सिड्नीको साउथ वेष्ट क्षेत्रमा नेपालीहरुको बस्ती बाक्लिदै गए संगै त्यस क्षेत्रमा नेपाली समुदायको गतिबिधिहरु पनि  बढ्दै गएको छ । क्याम्पलटाउन ,लिभरपुल र क्यामेडियन काउन्सिलमा बसोबास गर्ने नेपाली हरुलाई लक्षित गरेर  साउथ वेष्ट नेप्लिज कम्यूनिटीले यहि जुन ८ तारिख शनिवार  विलोवाडाले पार्कमा  भेटघाट तथा बार्बिक्यू कार्यक्रम गर्यो ।

सो कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत  कैलाशराज पोखरेलले नेपाली सामाजिक सस्थाहरु समुदायको दुख सुखको साथि बन्नु पर्नेमा जोड दिए । उनले प्रवासमा नेपालको मौलिकता ,सस्कृति र भाषालाई जिवन्त राख्न  सामाजिक सस्था र सामाजिक अभियन्ताहरु ले पुर्याउदै आएको योगदान प्रसंसनिय रहेको उल्लेख गरे ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले साउथ वेस्ट सिड्नीमा नेपालीहरुको उपस्थिति बलियो बन्दै जानु नेपाली समुदायको लागि गर्वको बिषय भएको बताउदै समुदायमा हुन सक्ने नराम्रा घटनालाई न्यूनीकरण गर्न स्थानीय सामाजिक सस्थासंग एनआरएनए अष्ट्रेलियाले साथ र सहकार्यको हात अगाडि बढाउदै आएको प्रस्ट पारे ।  

साउथ वेष्ट नेप्लिज कम्यूनिटी का अध्यक्ष चतुर्भुज खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा  संघिय सासंद नाथेन हेगेटी,क्यामडेन भ्याली काउन्सिलकी मेयर एस्सली क्याग्नी,लिभरपुल काउन्सिलकी काउन्सिलर बेटी ग्रीन ,एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष देब गुरुङ्ग , नेपाली समुदायकी अभिभावक ईन्द्रा वन ,साउथ वेष्ट नेप्लिज कम्यूनिटीका पुर्व अध्यक्ष सुदिप ढकाल लगायतका बक्ताहरुले नेपाली समुदायको बिबिध पक्षका बारेमा मन्तब्य राखेका थिए ।  कार्यक्रममा नाच गानका साथसाथै विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो । 


सो अवसरमा अष्ट्रेलियाको पार्लियामेन्ट हाउसका संघिय सासंद नाथेन हेगेटी, लेपिटंनका क्यामडेन काउन्सिलकी मेयर एस्सली क्याग्नी र लिभरपुल काउन्सीलकी काउन्सिलर बेटी ग्रीनलाई भरतपुर भ्रमण बर्ष २०२४ को  लोगो र बुक्लेट हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाली समुदायिक संघ सस्थाका पदाधिकारी एबम् अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक सस्थाका महासचिव प्रकाश पौडेलले गरेका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्