SSI SSI
SSI SSI

जनसम्पर्क समिती क्यानबेराद्वारा रक्तदान कार्यक्रम सम्पन 

आइतबार, जेठ २७, २०८१


सिड्नी । जनसम्पर्क समिती क्यानबेराको आयोजनामा यहि जुन ७ र ८ तारिख क्यानबेरामा भएको दुई दिने रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।  क्यानाबेराको गारन स्थित रेडक्रस हाउसमा भएको सो रक्तदानमा  दश जनाले  प्लाज्मा र  र चालिस जनाले होल ब्लड दान गरेको जनसम्पर्क समिति एसीटीका अध्यक्ष ललित मल्लले जनाएका छन् । रक्तदान गर्नेहरु मध्ये ६० प्रतिशत नयाँ रक्तदाता रहेका छन् भने सबै दाताहरुको उमेर ३६ बर्ष भन्दा कम उमेरका रहेको मल्लले नेपाल न्यूजलाई जानकारी दिए । 


रक्तदान कार्यक्रमलाई सम्पन्न गराउन क्यानबेरा स्थित नेपाली सामाजिक संघ सस्था एबम् नेपाली समुदायका सामाजिक अभियन्ताहरुले सकृय भूमिका खेलेका थिए ।

यो पुनित कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग पुर्याउने संघ सस्था र व्यक्तित्वहरुलाई आयोजक सस्थाले हार्दिक आभार सहित धन्यबाद दिएको छ । नेपाली समुदायलाई एकै ठाउँमा ल्याएर यस्ता खालका सामाजिक एबम् कल्याणकारी कार्य गर्न सस्था आगामी दिनमा पनि लागिपर्ने जनसम्पर्क समिति एसीटीका अध्यक्ष ललित मल्लले बताए ।  
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्