SSI SSI
SSI SSI

एडमण्ड हिलारीकी श्रीमती लेडी जुने हिलारीको निधन

आइतबार, जेठ २०, २०८१


सिड्नी । सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही एडमण्ड हिलारीको श्रीमती जुने हिलारीको ९२ बर्षको उमेरमा हिजो ( जुन १ तारिख शनिवार ) न्युजिल्याण्डमा  दुखद निधन भएको छ । सन् १९८९ मा  एडमण्ड हिलारीसँग दाम्पत्य जीवन सुरु गरेकी जुनेले लामो समय सम्म न्युजिल्याण्डको लागि नेपाली बाणिज्यदुतको रुपमा सेवा गरेकी थिइन् ।

न्युजिल्याण्ड नेपाल सोसाईटीको संरक्षक रहेकी जुनेले नेपाल र न्युजिल्याण्डबीच जनस्तरको समन्धलाई अझ घनिष्ठ र बिस्तार गर्न महत्वपुर्ण भूमिका खेलेकी छन् । एडमण्ड हिलारीद्वारा सन् १९६० मा स्थापना गरिएको हिमालयन ट्रस्टको संचालनमा महत्वपुर्ण भूमिका खेल्दै आएकी जुनेको निधनमा अष्ट्रेलियाका लागी ( न्युजिल्याण्ड पनि हेर्ने ) नेपालका राजदुत कैलाशराज पोखरेल ,अक्ल्याण्डका लागि नेपालका बाणिज्यदुत  दिनेश खड्काले सामाजिक संजाल मार्फत् जुने हिलारीको दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै हिलारी परिवार प्रति समबेदना व्यक्त गरेका छन् ।  

उनीहरुले जुनेको निधनबाट नेपालले एउटा असल मित्र र न्युजिल्याण्डका नेपालि समुदायको एउटा असल सहयोगी गुमाएको उल्लेख गरेका छन् । लेडी हिलारी  एडमण्ड हिलारीकी दोस्रो श्रीमती हुन् । पहिलो श्रीमती लुईस म्यारी रोजको  सन् १९७५ मा जहाज दुर्घटनामा परेर निधन भएपछि एडमण्डले सन् १९८९ मा जुनेसंग बिबाह गरेका थिए । सो दुखद जहाज दुर्घटनामा एडमण्डले आफ्नी छोरि बेलिण्डालाई समेत गुमाएका थिए ।  

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्