SSI SSI
SSI SSI

आज सिड्नीको स्टेट थिएटरमा " महजात्रा " हुने 

आइतबार, जेठ २०, २०८१


सिड्नी ।  मार्कक्यू होम्स र एभरेष्ट ट्राभलको  आयोजना आज ( जुन २ तारिख आईतवार )  सिड्नीको स्टेट थिएटरमा महजात्रा हुदै छ ।   सिड्नीको फिल्म फेस्टिबल हुने सुबिधा सम्पन्न स्टेट थिएटरमा साँझ ६ बजे देखि कार्यक्रम सुरु हुने आयोजकले जनाएका छन् । १९ सय ५० दर्शक क्षमताको सो हलमा पहिलो पटक नेपाले कलाकारहरुले आफ्नो कलाकारिताको प्रस्तुति दिदैछन् ।  

नेपालका चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितको कलाकारको टोली आफ्नो  हाँस्यव्यंग्य प्रस्तुतिको कार्यक्रम लिएर यतिखेर अष्ट्रेलिया टुरमा छ । करिव १० वर्षपछि अष्ट्रेलियाको टुरमा रहेको यसपटकको महजात्राका टोलीमा  कलाकार किरण केसी ’राता मकै’,कुन्ति मोक्तान र नरेन्द्र कंसाकारले  सिड्नीस्थित स्टेट थियटरमा आफ्नो प्रस्तुति दिने छन् । त्यसका साथै कार्यक्रममा यहाँको स्थानिय कलाकारहरुद्वारा सामुहिक नृत्य प्रस्तुत गरिने छ ।  कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई भब्य एबम सभ्य रुपमा सम्पन्न गराउन आयोजक्सस्थाले सबै संग अनुरोध समेत गरेको छ ।  
यसअघि अन्तरास्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टरको आयोजनामा पर्थमा " मह जात्रा " मे २५ तारिख शनिवार  ३५ स्टिर्लिङ्ग हाइवे क्रावेली स्थित ओटागन थिएटरमा भब्य र सभ्य रुपमा सम्पन्न भयो । पर्थ स्थित मंगेसी अर्ली लर्निङ्गको  सहकार्यमा सम्पन्न सो कार्यक्रममा ठुलो संख्यामा नेपालीहरुको सहभागिता रहेको थियो । उपस्थितजनले मह जोडीको प्रस्तुतिबाट भरपुर मनोरंजन लिएका थिए । 
 त्यसैगरी  क्यानाबेराको कमनवेल्थ एभ स्थित अल्बर्ट हलमा "मे २९ तारिख बुधवार सम्पन्न "मह जात्रा' मा महजोडी मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य सहित महजात्राको टिमले अष्ट्रेलियाको राज़धानीमा  बिशेष प्रदर्शन गर्यो । प्रवासमा नेपाली भाषा, संस्कृती र कलाकारीताको प्रवर्धनका लागी यस्ता कार्यक्रमहरूको बिशेष भूमिका रहन्छ । क्यानाबेराको कार्यक्रममा पनि ठुलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।   
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०३:२९
प्रतिक्रिया दिनुहोस्