SSI SSI
SSI SSI

डार्बिनमा पाचौ नेपाल फेस्टिभलको तयारी पुरा

शुक्रबार, जेठ १८, २०८१


सिड्नी ।  एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको "नेपाल फेस्टिभल "  एनआरएनए नर्दन टेरिटोरी राज्य समितीको आयोजना भोलि ( जुन १ तारिख शनिवार ) डार्बिनमा हुदैछ । नेपाली कला सस्कृति ,पर्व र रिती रिवाजको बारेमा बिदेशीहरुलाई जानकारी गराउने ,प्राकृतिक रुपमा सम्पन्न नेपालको पर्यटन प्रबर्धनमा साथ र  सहयोग पुर्याउने उद्देस्य राखेको यो महोत्सव डार्बिन वाटर फ्रन्ट पार्कमा अपरान्ह ३ बजे देखि राति १० बजेसम्म हुने एनआरएनए नर्दन टेरिटोरी राज्य समितीले जनाएको छ । 
 चर्चित गायिकाद्वय एलिना चौहान र समिक्षा अधिकारीको बेजोड सांगीतिक प्रस्तुती हुनेछ । महोत्सवमा भाग लिन गायिका अधिकारी डार्बिन पुगिसकेकी छन् ।  


 महोत्सव तयारीको बारेमा नेपाल न्यूजसंग कुरागर्दै एनआरएनए नर्दन टेरिटोरी राज्य समिती संयोजक संजीव गोर्खालीले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र हामि भोलिको सुर्यदयाको पर्खाईमा रहेको बताए । उनले भने - महोत्सव मार्फत् नेपालको पर्यटन प्रबर्धनका साथ साथै नेपालको कला सस्कृतिका बारेमा यहा हुर्कदै गरेका नेपाली तथा बिदेशीहरुलाई जानकारी गराईने छ । 


त्यसैगरी महोत्सवमा नेपाली मौलिक खानका परिकारहरुको स्टल , नेपाली हरुद्वारा संचालानामा रहेका ब्यबसायहरुको स्टलहरु राखिने छ । जसबाट महोत्सवमा सहभागीहरुले नेपाली परिकारको खानाको स्वाद लिदै नेपाली गीत संगीतमा मनोरंजन लिन पाउने छन् ।
 डार्बिनमा हुने यो महोत्सव पाचौ हो । महोत्सवका लागि स्थानिय सरकारले समेत एनआरएनए नर्दन टेरिटोरी राज्य समिती लाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  महोत्सवलाई कसरी भब्य अनि सभ्य रुपले सम्पन्न गर्न सकिन्छ भनेर यहि मे २६ मा जिंगाली पार्कमा त्यहाँको नेपाली समुदाय र सम्बद्ध पक्षसँग एनआरएनए नर्दन टेरिटोरी राज्य समितीले  कम्युनिटी कन्सलटेसन कार्यक्रम समेत गरेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्