SSI SSI
SSI SSI

चितवन समाज अस्ट्रेलियाको साधारण सभा हुदै 


सिड्नी ।  अस्ट्रेलियाको नेपाली  समुदायमा सामाजिक र कल्याणकारी कार्य गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल चितवन समाज अस्ट्रेलियाको छैठौं साधारण-सभा यही सेप्टेम्बर २४ तारिख आइतबारका दिन हुने भएको छ । 
सिड्नीको मेरिल्याण्ड्स स्थित रेष्ट फन्कसन सेन्टरमा अपरान्ह ५.३० बजेदेखि हुने सो साधारण सभाले दुई बर्षको लागी नयाँ कार्यसमितिको घोषणा गरिने छ । नयाँ कार्य समितिको निर्वाचनका लागी  निर्बाचन कमिटिको संयोजक बुद्धि डर्लाकोटिको संयोजकत्वमा  सत्यप्रकास कंडेल ,छबि सापकोटा ,रोसन घले र विकास बर्तौला सदस्य रहेको निर्बाचन कमिटी गठन गरिएको थियो । निर्बाचन कमिटीले आपसी छलफल र सहमतिको आधारमा नयाँ कार्यसमितिको चयन गरेको बुझिन आएको छ ।   सस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार साधारण सभामा भाग लिन सस्थाका आबद्ध सबै सदस्यहरुलाई निमन्त्रणा पठाई सकिएको छ ।  
 करीव ४ सय ५० को हाराहारीमा सदस्य संख्या रहेको यो सस्थामा यसमा आजीवन सदस्यको रुपमा  १४ जना रहेका छन् । आजीवन सदस्यता वितरणलाई सहज र सरल बनाउन यो साधारण सभाले ठोस निती र कार्यक्रम बनाउने अध्यक्ष पुर्नानाथ घिमिरेले बताए ।   सस्थाले आजीवन सदस्य शुल्क १००,साधारण सदस्य २० , फेमिली ३० डलर  र बिद्यार्थी कालागी १० डलर सदस्यता शुल्क तोकेको छ । 
गैर नाफामुलक सामाजिक सस्थाको रुपमा सन् २०११मा अस्ट्रेलियाको फेयर ट्रेडिङ्गमा दर्ता भएको यो सस्था यहाँसम्म आइपुग्दा नेपाल र अस्ट्रेलियाको नेपाली समुदायमा विभिन्न कल्याणकारी र सामाजिक कार्यमा आफुलाई अग्रपंतिमा उभ्याउदै आएको छ ।  यो सस्थाले कोभिड महामारीको बेलामा चितवनको भरतपुर स्थित सरकारी अस्पताललाई १ सय ४० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको थियो।  त्यसैगरी सोहि बेला मुग्लिङ्गको हाइ वे अस्पताल र माडी स्थित हेल्थ पोस्टलाई स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।  ,

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्